उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेस्थित बरुवा सामुदायिक बन उपभोक्ता समितिको नयाँ नेतृत्वमा भोजराज गुराँगाई निर्वाचित भएका छन् । गुराँगाईले नयाँ नेतृत्वको लागि गत बैशाख १५ गते भएको समितिको निर्वाचनमा बिजयी प्राप्त हासिल गरेका थिए ।
१ सय ३६ मतका साथ गुराँगाई अध्यक्ष पदमा बिजयी भएका थिए । प्रतिद्धन्दी टिकादत्त भट्टराई र भगवती प्रसाद घिमिरेलाई पछि पार्दै उनि समितिको नयाँ नेतृत्वमा निर्वाचित भएका हुन् । प्रतिद्धन्दी भट्टराईले १ सय ३५ मत प्रप्त गरेका थिएभने अर्का प्रतिद्धन्दी घिमिरेले ४२ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृत गजेन्द्र राईले बताए ।
अधिकृत राईका अनुसार ४ सय ३४ मतदाता संख्या रहेपनि ३ सय १५ मतदाताहरुले मतदान गरेका थिए । निर्वाचन अध्यक्ष पदका लागि मात्र भएको थियो भने अन्य पद मनोनयन दर्ता गर्ने क्रममा निरविरोध निर्वाचिन भईसकेका थिए ।
जसमा उपाध्यक्ष पदका उम्मेदवार सिता बस्नेत, सचिब पदका उम्मेदवार चन्द्र प्रसाद पोखरेल, सहसचिब पदका उम्मेदवार जीवन राई र कोषाध्यक्षको उम्मेदवार जिना राई रहेका छन् । त्यसैगरि सदस्य पदका उम्मेदवारहरु झलक बहादुर थापा र टेक बहादुर सार्की मनोनयनकै क्रममा निरविरोध निर्वाचिन भईसकेका थिए ।
यसैगरि बुद्धि प्रसाद रिजाल, तनिशा राई, निर्थ माया थापा मगर (शेर्पा), दिपक खतिवडा र ज्ञानुकुमारी श्रेष्ठ पनि मनोनयनकै क्रममा निरविरोध निर्वाचिन भईसकेका थिए । उनिहरुलाई निर्वाचन अधिकृत गजेन्द्र राईले सपथ गराएका थिएभने कार्यक्रमका प्रमुख अतिथि तथा डिभिजन बन कार्यालय गाईघाटका बन अधिकृत जागेश्वर साह, जिल्ला बन महासंघका सदस्य प्रकाश कुमार खड्का, टोल बिकास समन्वय समिति त्रियुगाका अध्यक्ष नविन राई, पत्रकार भोटराज राई लगायत अतिथिहरुले पालैसँग खादा, अबिर र प्रमाणपत्र प्रदान गरेका थिए ।
भिडियोः