उदयपुरमा पाँच बालबालिका कोशीले बगाए, दुईको उद्धार

उदयपुर । होली खेल्न गएको बालबालिकाहरु उदयपुरमा कोशीले बगाएको छ । कोशीले बगाएको बालबालिकाहरु त्रियुगा नगरपालिका १४ साउने बस्ने बर्ष ९को रेखा मगर, बर्ष ९ को लोकचन्द्र मगर, बर्ष ७ को लोकेश मगर, बर्ष ६ को रिदम मगर, र बर्ष ९ को प्रास्ना मगर रहेका छन् ।

उनिहरु मध्ये लोकेश र प्रास्नाको उद्धार भएको वडाअध्यक्ष हेमराज मगरले बताए । अध्यक्ष मगरका अनुसार उनिहरु होली मनाएर नुहाउने क्रममा बगाएको थियो ।
अहिले उनिहरुको खोजी कार्य भईरहेछ । उनिहरुलाई सुनकोशीले बगाएको हो । प्रत्येक्षदर्शीका अनुसार होलि खेलेर जिस्कदै कोशी पुगेर नुहाउने क्रममा उनिहरुलाई बगाएको थियो ।
Facebook Comments