रौतामाई । पर्यटकिय क्षेत्र रौतापोखरीमा होमस्टे संचालनका लागि तालिमको आयोजना गरिएको छ । पर्यटन पर्वद्धन गर्ने उदेश्यले वल्र्ड नेर्वस र रौतामाई गाउँपालिकाको सहयोगमा मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुरले स्थानीयलाई होमस्टे व्यवस्थापन सम्बन्धी तालिम दिएको हो ।
चार दिनसम्म सञ्चालित तालिममा होमस्टे सञ्चालन कसरी गरिन्छ, आचारसंहिता कसरी अवलम्वन गर्ने, पर्यटकलाई आकर्षित गर्न के गर्नु पर्छ, स्थानीय स्रोतसाधनको प्रयोगबाट अर्गानिक परिकार कसरी बनाउने लगायतका बिषयमा जानकारी दिनुकासाथै स्थानीय परिकार बनाउन अभ्यास गराइएको हुरेण्डेकका अध्यक्ष शंकरबहादुर थापाले बताए । अध्यक्ष थापाका अनुसार पर्यटकको रोजाई स्थानीय खानेकुरा, रहनसहनमा नै ध्यान जाने हुनाले स्थानीय उत्पादनको विक्रीवितरण र आम्दानीलाई लक्षित गरी होमस्टे सञ्चालन सम्बन्धी तालिम दिएको हो ।
कार्यक्रमको समापन गर्दै रौतामाई गाउाँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पृथ्वीकुमार राईले अधिकांस पर्यटकको रोजाई होमस्टे नै भएकाले पर्यटकको मागलाई आत्मसाथ गर्दै वडाले समेत सहयोग गरेको बताए । उनले धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पर्यटकिय क्षेत्र रौतापोखरीमा दैनिक तीन सयको संख्यामा आन्तरिक र वाह्यि पर्यटक आउने भएकाले उनीहरुको व्यवस्थापनका लागि होमस्टे सञ्चालनको तयारी गरिएको बताए ।
कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष बिरेन्द्रकुमार मगरले गरेका थिए । तालिममा मगर होमस्टे नामन्ता र रौता सामुदायिक होमस्टेका गरी बीस जनाको संख्यामा सहभागिता रहेको आयोजकले जनाएको छ । जसको लागि मनिषा श्रेष्ठ र रस्मीता रंजितकारले सहजिकरण गरेका थिए ।
सहजकर्ताहरुले स्थानीय उत्पादन मकैको विस्कृट, च्याख्लाको खिर, सिस्नुको सुप, जिरा, गाँजर, जोगी खाना, मसला पुलाउ, चिकेन फ्राईड, जिरा स्कुस, मेथी स्कृस, कक्टेल, भुईस्याउको जुस, स्कुसको हलुवा, पोच अण्डा लगायतका परिकार बनाउन सिकाएका थिए ।
भिडियोः