त्रियुगा । नेपाल रेडक्रस सोसाईटी त्रियुगा कमिटिको नेतृत्वमा अमृत हमाल चयन भएका छन् । उदयपुरको त्रियुगा नगरपालिकाको सभाहलमा आईतवार सम्पन्न एक भेलाले हमाललाई तदर्थ समितिको अध्यक्षमा चयन गरेका हुन् ।
भेलाले हमालको अध्यक्षतामा १५ सदस्यीय नगर तदर्थ कार्यसमिति सर्वसम्मत चयन गरेको जिल्ला सभापति मदनराज कटुवालले बताए । सभापति कटुवालका अनुसार समितिको उपाध्यक्षमा पुष्पराज पोखरेल र उमा गुरुङ राई चयन भएका छन् । त्यसैगरि सचिवमा माया भण्डारी र सहसचिवमा चेतन पोखरेल चयन भएका छन् ।
संस्थाको कोषाध्यक्षमा ईश्वरमान राई र सह कोषाध्यक्षमा सानु चौधरी चयन भएका छन् । यसैगरि सदस्यहरुमा बिरेन्द्र बस्नेत, नागेन्द्र कुमार चौधरी महेश पौडेल र भबिन्द्र खत्री चयन भएका छन् । सदस्यहरुमै देबिका राई, नबर अली, टिकाराम गिरी र देबकृष्ण कार्की चयन भएका छन् ।
कार्यक्रममा नगर प्रमुख बसन्त बस्नेत, उपप्रमुख महेश्वरी राई, त्रियुगा ३ मोतिगडाका वडाअध्यक्ष तिलक कटुवाल, त्रियुगा १० बोक्सेका वडाअध्यक्ष किरण पाण्डे, पत्रकार ईश्वर तामाङ, गजेन्द्र राई लगायत अतिथिहरुको उपस्थिति रहेका थिए ।