उदयपुरको एक अस्पतालबाट बिरामी बेपत्ता 

गाईघाट । उदयपुरको गाईघाटस्थित त्रियुगा अस्पतालबाट एक बिरामी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा त्रियुगा नगरपालिका १० बोक्से बस्ने बर्ष ७० कि गणेशकुमारी खड्का रहेकी छिन् ।
उनी गए रातिदेखि बेपत्ता भएको उनको श्रीमान् शिव खड्काले बताए । कुरुवा समेत रहेका श्रीमान् खड्काका अनुसार सबै सुतेको अवस्थामा बिरामी बेपत्ता भएकोे थियोे ।
उनलाई जरो आएको अवस्थामा अस्पताल पुर्‍याएको अस्पतालले जनाएका छन् । बिरामी बेपत्ता हुनुमा अस्पतालको चरम लापरबाही रहेको आफन्तको आरोप छ ।
हालसम्म अस्पतालमा कुनै पनि सेकुरेटी गार्डको ब्यवस्था गरिएको छैन । अहिले बिरामीको खोजी भईरहेको छ ।

Facebook Comments