उदयपुरमा अबैध काठ सहित समूहका अध्यक्ष पक्राउ

उदयपुर । डिभिजन वन कार्यालय उदयपुर गाईघाटले एक वन समूहका अध्यक्षलाई अबैध काठ सहित पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ५ स्थित अम्बिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लिल बहादुर ग्रञ्जा मगरलाई डिभिजन वन कार्यालयले अबैध सालको गोलिया र ट्याक्टर सहित पक्राउ गरेको हो ।

ट्याक्टर चालक भने फरार भएकाले खोजी भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ। स्थानीयले दिएको सूचनाको आधारमा ५ थान गोलियाको ४० दशमलब १६ क्यूविफिट साल जातको काठ सहित स १ त ७०४८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ ।

त्रियुगा -५ दमौतिको कोरिया खोलाबाट आईतवार ११ बजे अबैध कटान भईरहेको सूचनाको आधारमा समूहका अध्यक्ष र काठ ढुवानी गर्न प्रयोग भएको ट्याक्टरलाई वन कर्मचारीको टोलीले पक्राउ गरेर कानुनी प्रक्रिया सुरु गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी जागेश्वर साहले बताए । अध्यक्ष मगरलाई वन पैदावार हानी नोक्सानी गरेको अभियोगमा जिल्ला अदालत उदयपुरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

Facebook Comments