पत्रकार सहित चार कोरोना संक्रमित डिस्चार्ज

उदयपुर । उदयपुरका पत्रकार राकेश नेपाली सहित कोरोना संक्रमित थप चार जना डिस्चार्ज भएका छन् । उनिहरु बिराटनगर स्थित कोशी तथा कोरोना अस्पतालबाट विहिबार डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा साविर अलि, रहमत तुल्ला र कविरा खातुन रहेको अस्पताल स्रोतले बतायो । स्रोतका अनुसार डिस्चार्ज भएका मध्ये पत्रकार नेपालीलाई बैशाख ३१ गते गरेको स्वाव परीक्षणमा कोरोना संक्रमण देखिएको थियो ।

त्यसैगरि अलि, तुल्ला र खातुनलाई बैशाख ६ गते गरेको स्वाव परिक्षणमा संक्रमण देखिएको थियो । अलि व्यवसायी हुन् भने तुल्ला सप्तरी ठेगाना भएपनि भुल्के स्थित मदरशाको शिक्षक हुन् । कविरा खातुन व्यवसायी अलिको भदैनी हुन् ।

खातुनका हजुरआमा, काका, दुई भाई र फुपु पनि कोरोना संक्रमित भएका थिए । उनीहरु यसअघि नै डिस्चार्ज भईसकेका छन् । उदयपुरमा संक्रमित ३३ मध्ये ३१ जना डिस्चार्ज भएका छन भने अब एक ४३ वर्षिया संक्रमित महिला मात्र डिस्चार्ज हुन बाकी छन् ।

Facebook Comments