बलात्कार पछि उदयपुरमा १२ बर्षिया बालिका गर्भवती

कटारी । १२ बर्षिया बालिकालाई वलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले उदयपुरको कटारी नगरपालिका क्षेत्रका एक १७ बर्षिय बालकलाई पक्राउ गरेको छ । बालिकाको स्वास्थ्यमा समस्या आएपछि गत आईतबार कटारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा बालिकाको पेटमा आठ हप्ताको गर्व रहेको खुलेपछि उनी पक्राउ परेका हुन् ।

पिसाव र अल्ट्रासाउण्ड प्रविधीबाट तीन पटकसम्म परीक्षणगर्दा पेटमा वच्चा रहेको डाक्टरले पुष्टि गरेपछि परिवारले सोधपुछ गर्दा बालिकाले घटनाको वृस्तित जानकारी गराएकी हुन् । कटारी अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेण्डेट डाक्टर मुकलेसकुमार माधवीले दुई पटकसम्म पिसावबाट परीक्षण गरिने युरिन पे्रगनेन्सी टेष्ट (युपिड) गर्दा पोजेटिभ देखिएको बताए ।

उनले भने, ‘पहिलो पटकगर्दा पोजेटिभ देखियो बालिका कलिलै देखिएकाले पुनः कन्र्फम गर्न एकछिन पछि युपिड नै गरेका हौ फेरी पोजेटिभ नै देखियो । ‘दोश्रो पटक परीक्षण गर्दासमेत पोजेटिभ देखियो, उनले भने, ‘विश्वस्त हुन् अल्ट्रासाउण्ड गरेर हेर्दा ८ हप्ताको गर्व रहेको देखियो । इलाका प्रहरी कार्यालय कटारीका डिएसपी प्रेमसागर केसीका अनुसार गत चैत्र महिनामा बालिका बलात्कृत भएको प्रारम्भिक वयानबाट खुलेको छ ।

बालिकाले ठ्याक्कै मितिको एकिन गर्न नसकेपनि गत आईतबार दिएको जाहेरीमा चैत्र ७ गते बलात्कार गरेको खुलाइएको छ । पीडित परिवारको जाहेरीका आधामार बालकलाई पक्राउ गरि घटनाको थप अनुसन्धान सुरु गरिएको डिएसपी केसीले बताए ।

Facebook Comments