कोरोना संक्रमण न्यूनिकरणका लागि होमियोप्याथिक औषधी बितरण

उदयपुर । नोबेल कोरोना (कोभिड १९) को केन्द्रबिन्दु बनेको उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा सामाजिक बिकास मन्त्रालयले निःशुल्क औषधी बितरण गरेको छ । संक्रमित क्षेत्रमा बसोबास गर्ने सबैलाई औषधी बितरण गरेको हो ।

चिकित्सकहरुको संस्था अल नेपाल होमियोप्याथिक एशोसिएसन प्रदेश १ को सहयोगमा त्रियुगा नगरपालिका– ३ भुल्के तथा क्वारेन्टाइनमा बस्ने र अग्र भागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र पत्रकारहरुलाई नोबेल कोरोना कोभिड १९ सँग लड्न सक्ने अर्थात रोग प्रतिरक्षा प्रणाली बढाउने ‘एसएनिकम एल्बम ३० सी’ नामक होमियोप्याथिक औषधी बितरण गरिएको थियो ।

सामाजिक बिकास मन्त्रालयका चिकित्सक महाशाखाका डा. सरोज बिशालले देशकै उच्च जोखिम भएको स्थान भएकाले हामीले पहिलो चरणमा भुल्केबाट नै निःशुल्क औषधी बितरणको लागि शिविर राख्न खोजिएको बताए । सो औषधी एक ब्यक्तिले प्रत्येक दिन बिहान ४ वटाका दरले तीन दिन सम्म खानु पर्ने त्यसले ३ महिला सम्म काम गर्ने चिकित्सक घनश्याम सुबेदीले बताए ।

चिकित्सक सुबेदीका अनुसार नोबेल कोरोना कोभिड १९ को रोकथाम बाहेक अहिले सम्म कुनै औषधी बनेको छैन । चिकित्सकहरुको संस्था अल नेपाल होमियोप्याथीक एशोसिएसनका केन्द्रिय अध्यक्ष कमल सुबेदीका अनुसार रोगले भन्दा बढी हामी अहिले डरले मर्न लागिएको छ । मानिसमा हुने डर भगाउन र रोगसँग लड्न प्रतिरक्षा प्रणाली बढाउनका लागि औषधी बितरण गर्दै हिडेको उनले दाबी गरेका छन् । नेपाल सरकारले नोबेल कोरोना कोभिड १९ सँग लड्न तयार पारेको मापदण्ड अनुरुपको औषधी भएको उनले बताए ।

कार्यक्रममा प्रदेश सासद अम्बिका थापा, सुनिता चौधरी, जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियार, उप प्रमुख देवीकुमारी चौधरी नागरिक समाज, गैसस र पत्रकारहरुसँग अन्तरक्रियागरि मन्त्रालयबाट आएका आधा दर्जन बढी चिकित्सकहरुले औषधी त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीलाई हस्तान्तरण गरेको थियो ।

टोलीले त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडामा क्वारेन्टाइनमा बसेका २० जनालाई समेत औषधी हस्तान्तरण गरिएको थियो भने भुल्केका सम्पूर्ण ब्यक्तिलाई तिन दिन सम्म खान पुग्ने औषधी दिएको थियो । औषधी बुझदै नगर प्रमुख चौधरीले नोबेल कोरोना कोभिड १९ को महामारीसँग लडि रहेको अबस्थामा प्राप्त औषधीलाई वडाध्यक्ष मार्फत तत्काल बितरण गरिने यसले पनि जनतामा मानसिक रुपमा सक्षम र सबल बनाउन मद्धत पुग्ने बताए ।

Facebook Comments