उदयपुरको लिम्चुङबुङमा सांस्कृतिक तथा पर्यटकीय महोत्सव हुँदै

लिम्चुङबुङ । नयाँ वर्षको अवसर पारेर उदयपुरमा बृहत सांस्कृतिक तथा पर्यटकीय महोत्सव गरिने भएको छ । जिल्लाको लिम्चुङबुङ गाउँपालिकामा सञ्चालन हुन लागेको महोत्सव आगामी वैशाख १ देखि ५ गतेसम्म सञ्चालन हुने छ । महोत्सव सञ्चालनबारे एक पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएका थिए । “एभ्रेष्ट भ्यूटप भैचुङ–पर्यटनको केन्द्र लिम्चुङबुङ” भन्ने नाराका साथ महोत्सब सञ्चालन हुन लागेको एभरेष्ट भ्यु टप पर्यटन विकास समितिका अध्यक्ष ज्ञानबहादुर राईले बताए ।

अध्यक्ष राईका अनुसार गाउँपालिकाले निर्माण गर्न लागेको ‘एभरेष्ट भ्यु टावर’को प्रचार तथा प्रवद्र्धनका लागि पालिकाको दोबाटे डाँडामा महोत्सव सञ्चालन गर्न लागिएको हो । त्यसैगरि महोत्सब हुन लागेको स्थल अत्तिनै महत्ब पुर्ण स्थल रहेको र गाउँपालिकामा रहेको अन्य पर्यटकीय क्षेत्रहरुको समेत विकास गरी पर्यटक भित्राउने आफूहरूको दिर्घकालिन लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले बताए ।

अहिले गाउँपालिका र एभरेष्ट भ्यु टावर अर्थात महोत्सब स्थलसम्म पुग्न छिमेकी जिल्ला बासीहरुलाई पनि सहज होस् भन्ने उद्देश्यले खोटाङको त्रि–धार्मिकस्थल हलेसीसम्म सडक जोड्ने योजनामा रहेको उनले बताए । त्यसको लागि बिकल्पको रुपमा हाल आफ्नो गाउँपालिका र खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको बिचमा पर्ने बतासेघाट स्थित दुधकोसीमा बेली ब्रिज लगाउने तयारी भईरहेको समेत अध्यक्ष राईले बताए । महोत्सवमा विभिन्न जातीय समुदायको मौलिक गीत, संगीत र कला प्रदर्शन गरिने बताए ।
विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालका आठ वटा हिमालहरुको अवलोकन गर्न सकिने स्थलमा हुन लागेको महोत्सबमा राईहरुको साकेला, मगरहरुको हुर्रा, तामाङहरुको तामाङ सेलोलगायतका सांस्कृतिक नृत्य र संगीत प्रस्तुत गरिनेछ । जसमा शम्भु राई, जितेन राई, धिरज राई, पार्वती राई, सरला राई, कला राई, राई नविन, पदम थुलुङ लगायत राष्ट्रिय स्तरका कलाकारहरुको पनि प्रस्तुति रहनेछ ।

यसैगरी खेलप्रेमी र साहित्यप्रेमीहरुका लागि पनि खेलकुद र साहित्यका कार्यक्रम राखिनेछ । महोत्सवमा सहभागी हुने साहित्यकारहरुबारे अहिले टुंगो लाग्न बाँकी छ । महोत्सवका अतिथिहरुलाई एभरेष्ट भ्यु टावर निर्माणका लोगोसहितको खाँदाले स्वागत गरिने छ । समितिले टावर निर्माणको प्रचारका लागि टि–सर्ट, ब्याग लगायत सामग्री तयार पारेको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *