उदयपुर । उदयपुरमा चुरे दोहन दिनानु दिन बढ्दै गएको छ । भोलिका दिनमा चुरे दोहनले मानव वस्ति क्षतविक्षत हुने पक्का पक्की छ । तर, पनि चुरे दोहनले बनेका खाल्डा, खुल्डी अनि नदी किनारमा बनेका दहलाई मनोरंजनको साधन बनाइदै छ । त्यसैको एक पराकाष्ट फेला परेको छ, उदयपुरको कटारी नगरपालिकामा । त्यो पनि कटारी नगरपालिका २ खोक्सामा लाग्ने मैनी मेलामा ।
कटारी नगरपालिकामा लागिरहेको त्रिवेणी मेला कमाला नदी किनारमा पर्छ । त्यही कमला नदीमा बालुवा उत्खन्न गरेपछि दह बनेको छ । अहिले त्यही चुरे दोहन भइ निर्माण भएको दहमा बोटिङ्ग संचालनमा गरेर मेला आयोजक सँस्थाले आम्दामीको स्रोत बनाएको छ । ‘बालुवा जति चोरी तस्कारी गरे, अनि नगरपालिकाले ठेक्का लगाएर भिकिसकेपछि कमला नदी दह बन्यो’ त्रिवेमी मेला भर्न आएक सिरहाका सुबराज यादवले भने ‘अहिले त्यही दहमा बोटिँग चलाएर आयोजकले पैसा उठाउने काम गरिरहेको छ, त्यो चुरे दोहनको नमुना हो।’
चुरे संरक्षणमा राज्यले उदाशिनता देखाएकाले चुरे नदीका किनारमा विभिन्न प्रकारका संकेतहरु देखा पर्छ थालेका छन। नदी किनारमा जथाभावी नदी जन्य बस्तु उत्खन्न गर्नाले नदीको धार वर्षेनी परिर्वतन हुँदै गएको छ । बालुवा भिकेपछि कमला नदीमा दह बनेको छ । भोलिका दिनमा त्यही दहले विनाश निमत्याउने गुनासो स्थानीय दनबिर सिंहको छ । कटारी नगरपालिका २ खोक्सा र सिन्धुलीको दुधौली नगरपालिका ९ घोडा गाछीमा लागेको त्रिवेणी मेलामा यस बर्ष देखि जल सयरको समेत सुविधा दहले दिएको छ ।
शुक्रबार बोटिङ्गको कटारीको स्थानीय राजनैतिक दल र नगरपालिकाका प्रतिनिधीले उद्घाटन गरे । तर, चुरे दोहनको प्रतिक कसैले पनि मानेनन । मेलाका व्यवस्थापन तथा ठेक्को जिम्मा उदयपुर उद्योग बाणिज्य संघ कटारीले लिएको छ । संघले कृत्रिम पोखरी बनाएको समेत दावी गरेको छ । माघ १ गतेबाट वर्षेनी १५ दिनसम्म कमला, तावा र ककरु नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने भएकाले मैनी मेलालाई त्रिवेणी मेलाको रुपमा परिचित छ ।
तीन नदीको संगम स्थलमा मकर स्नान गरी भाकल गरे अनुसारको पशुपंक्षी बलिदिई पुजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास रहदैं आएको छ । मंगलबार विहानेदेखिनै मरक त्रिवेणीधाममा मकर नहुँउनेको भीड लागेको छ। तीन नदीको संगमस्थल त्रिवेणीमा मकर नहुँदा विभिन्न जिल्लाबाट मकर नुहाउन आउने गरेका छन । १५ दिनसम्म लाग्ने त्रिवेणी मेलाको आकर्षण सोलखुम्वुको भोटे कुकुर, ओखलढुँगाको राढीपाखी मुख्य आर्कषण हुने गरेको छ । सिन्धुलीको जुनार र स्थानीय उत्पादनको किनबेच छन । तर, यस वर्षबाट बोटिँग सुरु गरिएको हो । संघका अध्यक्ष पुस्कर खड्काले थप आर्कषको लागि सानो दहलाई बढाएर बोटिँग सञ्चान गरेको बताए ।