गजेन्द्र राई
उदयपुर । प्रदेशस्तरीय प्रथम घरेलु औद्योगिक महोत्सज शुक्रवार उदयपुरमा सुरु भएको छ । जिल्लाको सदरमुकाम गाईघाटस्थित थरुहट–त्रियुगा रंगशालाको खेलमैदानमा सुरु भएको महोत्सव १० सम्म लाग्ने छ । घरेलु तथा साना उद्योग महासंघ शाखा उदयपुरको आयोजनामा सुरु महोत्सव आउदो २९ गतेसम्म सञ्चालन हुने जनाइएको छ । २ सय वटा स्टल रहेको महोत्सवमा घरेलु उद्योगबाट उत्पादित बिभिन्न सामग्रीहरु प्रदर्शन तथा बिक्री वितरणका लागि राखिएका छन् । १ नम्बर प्रदेशका ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर, ताप्लेजुङ, पाँचथर, सुनसरी, इलाम, तेरथुमलगायत जिल्लाबाट घरेलु तथा लघु उद्यमीहरु आप्mनो उत्पादनसहित महोत्सवमा सहभागी छन् ।
महोत्सवमा अगरबत्ती, ढाका कपडा, रुम्जाटारका राढी–पाखी, कुचो–झाडु, च्याउ, सागसब्जी, फलपूmल, जडिबुटीजन्य औषधि, काष्ठकला तथा ढुंगा र माटोजन्य कलाकृति, बाँसबाट निर्मित फर्निचरहरु स्टलमा राखिएका छन् । त्यस्तै युवा तथा बाल प्रतिभाद्वारा निर्मित सिर्जनसिल सामग्री, बाँसका चोयाबाट निर्मित डोका–नाङ्ला–डाला, पिठोजन्य परिकार थुक्पा, थारु, सुनुवार, नेवार, शेर्पा, तामाङलगायत जातीय परिकारहरु पनि प्रदर्शन तथा बिक्री वितरणका लागि राखिएका छन् । महोत्सव मूल आयोजक समितिका अध्यक्ष मधुकर थापाले स्थानीय घरेलु उद्योगबाट उत्पादिन सामग्रीको बजारीकरण तथा उद्यमीको हौसला बढाउने उदेश्यले पहिलो पटक महोत्सवको आयोजना गरिएको बताए । उनले एक्कासी बढेको चिसोका कारण प्रदेशका सबै जिल्लाबाट सहभागी नआईपुगेको भए पनि शनिबारसम्ममा अधिकतर जिल्लाबाट उद्यमीहरु आईपुग्ने बताए ।
रोटेपिङ र बाल उद्यानसहितको महोत्सवमा बिभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुको गीत तथा नृत्य पनि प्रस्तुत हुने आयोजकले जनाएको छ । जिल्ला समन्वय समिति, नेपाल पर्यटन बोर्ड, जिल्लाका स्थानीय तहहरु, घरेलु महासंघ केन्द्रीय समिति, घरेलु तथा साना उद्योग विकास समिति केन्द्रीय कार्यालयलगायतको सहयोगमा सञ्चालित महोत्सवमा ५० लाखभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा लिइएको आयोजक समितिका सचिव केवी ठकुरीले बताए । बिभिन्न जातीय र सांस्कृतिक झाँकीसहितको ¥यालीले गाईघाट बजार परिक्रमापछि सुरु महोत्सवको उद्घाटन महासंघका केन्द्रीय अध्यक्ष श्यामप्रसाद गिरीले गरेका थिए ।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि गिरीले घरेलु उद्योगहरुको विकास नभएसम्म औद्योगिक क्रान्ति नहुने र औद्योगिक क्रान्तिविना देश समृद्धितर्फ अघि बढ्न सम्भव नहुने बताए । ठूला उद्योग सञ्चानल गर्न प्रविधि र लगानी ठूलो चाहिने भएकाले घरेलु तथा साना उद्योगमार्फत उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाई थियो ।यसका लागि सरकारले घरेलु उद्यमलाई प्राथमिक्तामा राखेर प्रबद्र्धनका कार्यक्रम अघि सार्न उनले माग गरे ।
नेपालमा मध्यमवर्गको बसोबास बढी भएको मुलुक भएको भन्दै अध्यक्ष गिरीले घरेलु तथा साना उद्योगमा लगानी गर्ने वातावरण सरकारले बनाउन तत्काल कार्यनीति अघि सार्नुपर्नेमा जोड दिए । ‘देशलाई आर्थिक समृद्धितर्फ लानुछ भने घरेलु तथा साना उद्योगमा लगानी गर्ने वातावरण बन्नुपर्छ’ गिरीले भने ‘त्यसका लागि सरकारले लगानीमैत्री वातावरणको सिर्जना गर्नुपर्छ ।’ उनले घरेलु उद्यमीलाई अनुदानको व्यवस्था गर्नुपर्ने भन्दै लगानीमैत्री वातावरण सरकारले बनाएमा धेरै उद्यमी लगानी गर्न तत्पर हुने बताए ।
घरेलु तथा लघु उद्यममा लगानीबाट स्वरोजगार सिर्जना गरेर देशको युवाशक्ति स्वदेशमै राखेर उत्पादन बृद्धि गर्न सकिने भन्दै उनले युवा पलायन रोक्न पनि सरकारले घरेलु उद्योगलाई प्राथमिक्ताका साथ प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले देशमा अहिले पनि प्रत्यक्ष अप्रत्यक्ष करोड हाराहारी युवाशक्तिले रोजगार पाईरहेको बताउँदै खर्वौं बजेट लगानी भएकाले त्यसको सुरक्षा गर्न पनि सरकार सचेत हुनुपर्ने बताए ।
कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक सुरेन्द्र थापामगरले अहिलेसम्म राज्यले गर्दै आएको सहयोग अपर्याप्त भएकाले अव स्थानीय तहले घरेलु उद्यमलाई बढावा दिनुपर्ने बताए । केन्द्रको अधिकार सबै स्थानीय तहमा आईसकेकाले अव स्थानीय तहमा पदाधिकारीले समन्वय र बजेट दिएर घरेलु उद्योगको बढोत्तरीको नीति ल्याउनुपर्ने उनको आग्रह थियो । घरेलु तथा साना उद्योग विकास समिति घरेलु उद्योगको विकास र प्रबद्र्धनका लागि सँधै तत्पर रहदै आएको भन्दै महानिर्देशक मगरले अव केन्द्रीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा सुरक्षित लगानी गरेर आर्थिक समृद्धिको अभियानमा लाग्न सुझाए ।
कार्यक्रममा समितिका उपनिर्देशक देव हुमागाई, महासंघका प्रदेश पदाधिकारी, प्रदेश सांस्दत्रय हिमाल कार्की, विमल कार्की र सुनिता चौधरी, बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगरपालिकाका मेयरहरु, सुनकोसी, रौतामाई, ताप्ली र उदयपुरगढी गाउँपालिका अध्यक्षहरुलगायतले सम्बोधन गरेका थिए ।