वन प्राबिधिक र कर्मचारीकै निगरानीमा काम गरेका छौंः अध्यक्ष बस्नेत

केही समय यता उदयपुरमा बिवादित जस्तो देखिएको त्रियुगा नगरपालिका–९ स्थित रातमाटे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शंकरकुमार बस्नेतसंग निगरानी पोष्टले गरेको कुराकानीको सारः–shangkar-kumar-basnet-1png
बारम्बार शंकरकुमार बस्नेतकै बिरोधमा किन लाग्या होलान् यति धेरै मान्छेहरु ? जो, यसपालि पनि उत्तिकै छन् “वन” सिध्यायो भन्नेहरु ?

म लामो समयदेखि बिभिन्न संघसंस्थामा बसेर समाज सेवा गर्दै आएको व्यक्ति हुँ । समाज सेवाकै क्रममा व्यक्तित्व क्षमताका बिकास, टोल र गाउँ लगायत बिभिन्न बिकासको गतिबिधिमा केही मान्छेहरु असन्तुष्टि हुनु स्वभाविकै हो । फेरि, सामुदायिक वनहरु सानो क्षेत्रमा हुने सबैमा जनकारीजकै विषय हो । त्यसलाई सदुपयोग गर्न सहज छ । त्यतिनै त्यसको संरक्षण गर्ने विषय पनि जटिल छ । कुनै व्यक्ति र समुहको निर्णयले केहि गर्न पनि पाईदैन् । केही गतिविधि भए बन ऐन अन्तरगत कार्यलयको अनुमतिबिना काम पनि गरिएको छैन । मलाई लागेको कुरा के हो भने ! जसले वनबाट लाभ लिने तर संरक्षणको कुरै गर्न नमान्ने । जसले बढी वनको दुरुपयोग गर्न खोज्ने, त्यस्ता मान्छेहरु नै मेरो पछि लागिरहेको हो जस्तो लाग्छ मलाई ।

खास कुरो चाँहि के रहेछ तपाईँको बिरोध गर्नुको पछाडि ?
वन ऐन बिपरित काम गर्नेहरुलाई बिगतमा समुहले कार्वाही गर्दै आएको छ । ती खाले व्यक्तिहरु बिना आधार बिरोध गरिरहन्छन् । त्यसमा कुनै कानुनी सत्यता छैन ।

ठ्याक्कै कस्ता–कस्ता व्यक्तिहरु होलान् त तपाईको बिरोध गर्नेहरु ? सबै समुह भित्रकै हुन् ?
वन ऐन बिपरित काम गर्नेहरुलाई कार्वाही गरेर दण्डित गराउनेनै मेरो मुख्य दोष हो । जसलाई कार्वाही गरेर दण्डित गरेको छु । अहिले तिनै व्यक्तिहरुनै म लगायत समुहको बिरोध गरिहेको छ । जो व्यक्तिहरु बिरोध गरिहेका छन्, उनीहरुलाई समाजले दण्डितनै गरिरहेका छन् । तर, बिरोध गर्नेहरु समुह भन्दा पनि बाहिरकाहरु धेरै रहेको बुझेको छु ।

समुहभित्र पनि अन्यायपूर्ण काठ बितरण भयो भन्ने छ । कतै, उपाभोक्ता भन्दा ठेकेदार मुखि त भा’छैन ?
हाम्रो समुहको लागि वन कार्यालयले दिएको स्वीकृत काठको परिधि भित्र रहेर सबैलाई उपभोक्ताहरु ख्याल गर्दै काठ बितरण गरेका छौं । स्वीकृत काठ पूर्णरुपमा आन्तिरिक खपतको लागि मात्र हो । ठेकेदारलाई त दिने कुनै कुरै भएन ।

त्यसो भए खास कुरो चाहिँ के हो त ?
रातारात वन प्रवेश गरेर चोरी निकासी गर्ने, त्यस्ता व्यक्तिहरुलाई समाएर दण्डित पनि गरिसकेको कुरा माथि पनि उल्लेख गरेको छु । धेरै त उनीहरुले मात्र बिरोध गरेर अनावश्यक बखेडा निकाल्न खोजेको हो । सत्य कुरा पनि यही नै हो ।

यसबारे आफ्नो समुह भित्र बसेर कुनै समय समिक्षा गर्नु भा’छ त ?
वन क्षेत्रभित्रको विषय र वनको गतिबिधिमा समुह र उपाभोक्ता बीच कुरा नहुने कुरै भएन । त्यसमा वनको संरक्षण र त्यसको सदुपयोग लगायतका कुरा पनि हुने गरेको छ । बिभिन्न समयमा वनलाई क्षति हुन नदिने प्रयासबारे पनि छलफल गर्दै आएका छौं । पछिलो समय “दिन आफ्नो, रात अर्काको” भन्ने उखानसंग सहमत भए । जो चोरी निकासीको प्रसङ्ग हो ।

फेरी, वन कार्यालयको आदेश भन्दा बढी नै रुख काट्नु भयो भन्ने पनि छ । बढी नै बल मिच्याई गर्ने शंकर बस्नेतको बानी, भन्ने कुरो त सत्यनै हो’की क्या’हो ?
बल मिच्याईको कुरै भएन । जिल्ला वन कार्यालयको स्वीकृत बिना कुनै पनि हालतमा जङ्गलबाट काठ निकाल्न पाईदैन । जे–जस्तो काठहरु स्वीकृत भएर आएको छ । वन प्राविधिकहरुको प्रत्यक्ष निगरानीमा काठ पनि कटान मुछान भएको छ । त्यति मात्र हैन । उपभोक्तालाई काठ बितरणको क्रममा पनि उनीहरुको सहभागिता रहेको छ । कसरी काटियो होला त आदेश भन्दा बढी रुख ? ताकी मनलाग्दी रुखहरु काट्ने अधिकारै छैन ।

ठीकठीकै अनुगमन गर्न लगाउनु त भएन नि वनको कर्मचारीहरुलाई ?
वनको कार्ययोजना अनुसार बार्षिक रुपमा प्राप्त गर्ने काठ कटान लगाएत समुहको दैनिक गतिबिधिको लागिसमेत वनका प्राबिधिक र कर्मचारीहरुसंग सल्लाहा लिने गरेका छौं । उनीहरुको राम्रो सहयोग पनि छ । त्यसैले उीिहरुकै निगरानीमा हामीले समुहमा धेरै गतिबिधि पनि गरेका छौं । अनुगमन गर्ने क्रममा उनीहरुले आफ्नै तरिकाले गरेको छन् । हामीले आफ्नै ढंगले सहयोग गरेका छौं ।

अन्त्यमा, उपभोक्ता र पाठकहरुलाई केही कुरा भन्न छुटेको छ की ?
राष्ट्रिय वन र सामुदायिक वनहरुमा प्रायः चोरी निकासीको काम भईरहेकै छ । त्यस्ता चोरी निकासीमा संलग्नको पहिचान गरी कानुनी कार्वाही गरौं । यसमा सबैको सहयोग अपरिहार्य छ । जति संरक्षण त्यति उत्पादन भन्ने सोचमा लागौ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *