



बेलका । उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नम्बर १ आम्बासीस्थित रुपनगर–चतारा सडक खण्डमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । उनिहरुलाई प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका करिब ८ः१५ बजे पक्राउ जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् ।
कार्यालयले जनाएअनुसार फत्तेपुरबाट पैतालिस चोकतर्फ आउँदै गरेको उनिहरु सवार मोटरसाइकल चेकजाँच गर्नेे क्रममा पक्राउ परेको हो । पक्राउ पर्नेमा मोटरसाइकल चालक आर्जु राई र पछाडि सवार श्याम कुमार कार्की रहेको छ । उनिहरुको साथबाट १५५ मिलिग्राम तौलको ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुवै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ । उनीहरुलाई हाल इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला, उदयपुरमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
Facebook Comments Box