बिडी सल्काउँदा आगलागी, उदयपुरगढीमा २ जना घाइते


उदयपुरगढी । उदयपुरगढी गाउँपालिका–८ चोरुम्फामा मंगलबार साँझ आगलागी हुँदा दुई जना घाइते भएका छन् । साँझ करिब ७:५० बजे स्थानीय ४९ वर्षीया साबित्रा मगरले घरमै बिडी सल्काउने क्रममा बच्चाले खेल्दा पोखिएको तारपिनको तेलमा आगो सल्किँदा घटना भएको प्रहरीले जनाएको छ ।

घटनापछि अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरी टोलीले उद्धार तथा आवश्यक अनुसन्धान गरिरहेको छ । आगलागीमा परी साबित्रा मगरको दुवै हात, दुवै खुट्टा तथा कम्मर पछाडिको भाग गरी करिब ४० प्रतिशत जलेको छ ।

आगो निभाउने क्रममा छिमेकी ४१ वर्षीया विष्णु मगरको दुवै हात र खुट्टामा करिब १० प्रतिशत जलन भएको छ । दुवै घाइतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments Box