



त्रियुगा । कदमाह रुटमा सञ्चालन हुँदै आएका विङ्गर सवारीमा क्षमताभन्दा बढी यात्रु बोकिने क्रम बढेपछि सम्बन्धित निकायले कडाइ सुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय उदयपुर र यातायात व्यवस्था कार्यालय गाईघाटको संयुक्त टोलीले नियमित सवारी चेकजाँचसँगै जनचेतनामूलक अभियान अघि बढाएको हो ।
जिल्ला ट्राफिक कार्यालय उदयपुरका प्रहरी निरीक्षक (प्रमुख) दानबहादुर मिरिङचिङ मगरले ओभरलोड सवारीले दुर्घटनाको जोखिम बढाउने भएकाले निगरानी कडा बनाइएको बताए । उनका अनुसार अभियान सुरु भएयता १२ वटा विङ्गर सवारीलाई कारबाही गरिसकिएको छ ।
टोलीले जलजले ढाड आसपास क्षेत्रमा विशेष ध्यान केन्द्रित गर्दै चेकिङ गरिरहेको छ । सवारी जाँचका क्रममा चालक तथा सहचालकलाई ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै आवश्यक सुझावसमेत दिइँदै आएको छ ।
प्रहरी निरीक्षक मगरको नेतृत्वमा सञ्चालन भइरहेको उक्त अभियानमा ट्राफिक प्रहरीका साथै यातायात कार्यालयका कर्मचारीहरू समेत खटिएका छन् । अभियानले सवारी अनुशासन कायम गर्न र दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।


भिडियोः
Facebook Comments Box