



उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–५ दमौटीस्थित अम्मि खोलामा आएको बाढीले एक बालिकाको ज्यान लिएको छ ।
वडा अध्यक्ष उद्धव थापाका अनुसार स्थानीय उज्जन राईकी तीन वर्षीया छोरी रेविका राई शनिबार दिउँसो खेलिरहेको अवस्थामा बाढीमा परेकी थिइन् । “माथिबाट आएको ठूलो भेलले बालिकालाई बगायो, करिब डेढ किलोमिटर तल मृत अवस्थामा फेला पारियो,” वडाध्यक्ष थापाले बताए ।
उनका अनुसार घटनास्थल पुगेको प्रहरी टोलीले कानूनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि उदयपुर जिल्ला अस्पताल लागिएको छ ।
Facebook Comments