खेलाडीलाई हौसला दिन होटल व्यवसायी शेर्पाले दिए फुटबल क्लबलाई जर्सी


उदयपुर । खेलाडीलाई प्रोत्साहन गर्दै स्थानीयस्तरमा खेलकुदको विकासमा टेवा पुर्‍याउने उद्देश्यले उदयपुरका एक होटल व्यवसायीले फुटबल खेलाडीलाई जर्सी सहयोग गरेका छन ।

सदरमुकाम गाईघाटस्थित विद्युत मार्गमा रहेको होटल जमम्बला एण्ड थकाली किचेनका सञ्चालक वोङछु शेर्पाले फ्यूजन फुटबल क्लब, बोक्सेलाई सात थान फुटबल जर्सी वितरण गरेका हुन् ।

स्थानीय खेलाडीलाई आवश्यक खेल सामग्रीमा सहयोग पुर्‍याउँदै उनीहरूको मनोबल बढाउने उद्देश्यले जर्सी वितरण गरिएको शेर्पाले बताएका छन् । खेलकुद क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट निरन्तर सहयोग गर्ने उनको भनाइ छ ।

Facebook Comments Box