बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि एक जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा प्रहरीले गोली प्रहार गरी एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गएराति करिब १०ः२५ बजे चोरी तथा लुटपाटका घटनामा संलग्न रहेको आरोप लागेका कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।

प्रहरीका अनुसार पक्राउ गर्न खोज्दा तामाङले आफूसँग रहेको खुकुरी प्रहार गरी प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेपछि आत्मरक्षाका लागि तीन राउन्ड गोली चलाइएको थियो । गोली तामाङको खुट्टामा लागेको प्रहरीले जनाएको छ ।

घाइते तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनी यसअघि कैद भुक्तान गरिरहेका व्यक्ति हुन् र पछिल्लो समय फरार रहेका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Facebook Comments Box