ढिम्कीमा अज्ञात पुरुष मृत अवस्थामा फेला, पहिचान खुल्न सकेन


उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–११ ढिम्कीस्थित बरुवा खोलाको झोलुङ्गे पुल नजिक बिहीबार एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काका अनुसार मृतक मधेसी मूलका जस्ता देखिए पनि हालसम्म उनको पहिचान खुल्न सकेको छैन । घटनास्थलको प्रकृति हेर्दा पुलबाट खसेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

मृतकको टाउकोमा चोट देखिएको छ भने घटनास्थल नजिकै रक्सीको बोतल पनि फेला परेको छ । मृतकको साथबाट परिचय खुल्ने कुनै कागजात भेटिएको छैन । शव पोस्टमार्टमका लागि उदयपुर अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box