होटल ड्रिमलेण्डमा जुवातास खेल्दै गरेका ६ जना पक्राउ


उदयपुर ।  उदयपुरको त्रियुगा नगरपालिका–११ पिपलचोकस्थित होटल ड्रिमलेण्डमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले होटलको तेस्रो तलामा छापा मार्दा उनीहरू जुवातास खेलिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनास्थलबाट नगद ५७ हजार ६२५ रुपैयाँ, तीन बुङ तास, ६ थान मोबाइल फोन तथा चार थान मोटरसाइकल बरामद गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा त्रियुगा नगरपालिका–११ का ४७ वर्षीय भलराज राई, ४५ वर्षीय चितबहादुर राई, ४६ वर्षीय बोधबहादुर थापा मगर, ३८ वर्षीय विजय राई, ३० वर्षीय संजीव बुढाथोकी र ४९ वर्षीय पूर्णबहादुर राई रहेका छन् ।

पक्राउ परेका सबैलाई बरामद सामग्रीसहित जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box