




उदयपुर, ३० बैशाख । प्रसुतिको मात्र सल्यकृय गरिदै आएको जिल्ला अस्पताल उदयपुरमा शुक्रबारदेखि पहिलो पटक अन्य विरामीको सल्यकृया सेवा सुचारु गरिएको छ । सेवा सुचारु गरेको पहिलो दिन शुक्रबार दुई महिलाको सफल सल्यकृय भएको हो ।
एपेन्डिसाइटिसको समस्या लिएर जिल्ला अस्पताल पुगेकीन त्रियुगा नगरपालिका ४ वगाहाकी ४५ बर्षीया भिमकुमारी मगर र जन्मजात दाहिने हातमा मासु पलाएर रोगसँग लडदै आएकीन त्रिनपा १४ साउनेकी १८ बर्षीया ममता मगरको सफल सल्यकृय गरिएको अस्पताल विकास समितिका अध्यक्ष राकेश खत्रीले बताए ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेड डा. फडिन्द्र बरालको नेतृत्वमा रहेको चिकित्सक टोलीले दुबैको सफल सल्यकृय गरेको हो । अकास्मत पेट दुखेर उपचारका लागि जिल्ला अस्पताल पुग्नु भएकी भिमकुमारीले सफल अप्रेशनपछि भनिन्, ‘मैले त सामान्य उपचार गरेर फर्किने सोच बनाएकी थिए, स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस भएको थाहा भयो, पैसा नभएको बेला वाहिर जाने कि नजाने भन्ने चिन्ता थियो एकैछिनमा डा. सावले यहीँ अप्रेशन गरिदिनु भो ।’
‘प्रसुति वाहेक अन्य अप्रेशन हुन्छ भन्ने कुरा पहिला त पत्याउनै गार्हो भयो, विश्वास थिएन जव सफल तरिकाले अप्रेशन गरिदिनु भो बल्ल विश्वास लाग्यो ।’ पहिलोपटक अस्पतालले यस्तो सुविधा उपलब्ध गराएकोमा खुशी हुँदै भन्नुभयो, ‘जिल्लामै यस्तो सुबिधा हुँदा आधाभन्दा बढि रकम विरामीको जोह हुने रहेछ ।’
त्यसैगरी जन्मजातै दाहिने हातमा मासु पलाएर चिन्तित बन्नु भएकी ममताको भनाई पनि उस्तै छ । डाक्टरसँग सल्लाह लिएर सुबिधायुक्त ठाउँमा जाने सोचले अस्पताल पुग्नु भएकी ममताले भन्नुभयो, ‘डाक्टरसँग सल्लाह माग्दा यहीँ अप्रेशन हुन्छ अप्रेशनको तयारी गर्नु भन्नुभयो, परिवारसँग सल्लाह माग्दा विश्वास गर्नुभएन, विश्वास नलाग्दा नलाग्दै अप्रेशन सफल भयो ।’
जिल्लामै यो सुबिधा हुँदा विरामीको धेरै खर्च जोह हुने उहाँको भनाई छ । यस सम्बन्धी आबश्यक उपकरण र दंक्ष जनशक्तिको अभाव हुँदा अस्पतालले यो सुबिधा उपलब्ध गराउन सकेको थिएन् । यधपि प्रसुति सेवा भने गर्दै आएको थियो ।
स्वास्थ्य विभागको निर्देशनसँगै जिल्ला अस्पतालले भर्खरै आफ्नो सेवासुबिधामा विस्तार गरेको हो । अस्पतालले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी सेवा सुचारु गर्ने बताएको थियो । नयाँ सुबिधाअन्र्तगत अस्पतालले हात्तिपाईले रोग लागेपछि देखा पर्ने हाइड्रोसिलको निशुल्क अप्रेशन, एपेन्डिसाइटिस, हर्निया, ऐंजेरु, सिजरिङ सेक्सन, सर्पदंश, रेविज, इसिजि, एआरटी सेन्टर स्थापना, निशुल्क र सहशुल्क फार्मेसी सेवा, एकद्धार संकट व्यवस्थापन केन्द्र, डेण्टल सेवा, इएसएस (पेयइङ क्लिनिक) लगायत रहेकाछन् ।
यसकासाथै अपरेशनसहितको प्रसुति सेवा, भिडियो एक्सरे, ल्याब, एक्सरे सेवालाई २४ घण्टा उपलब्ध हुने निमित्त मेडिकल सुपरिटेण्डेड डा. फडिन्द्र बरालले जानकारी दिए ।
५० सैयाको जिल्ला अस्पतालमा अहिले ३ जना विशेषज्ञ र १० जना मेडिकल अधिकृत रहेकाछन् । अस्पतालले विहान ९ देखि ३ बजेसम्मको जनरल ओपिडि पछि दिउँसो ३ देखि ५ बजेसम्म मेडिकल अधिकृतको २ सय ५० र विशेषज्ञको ३ सय ५० रुपैँया पुर्जा शुल्क लिई सार्वजानिक विदा र शनिबार वाहेकका दिनमा पेयइङ किल्निकसमेत सञ्चालनको तयारी गरेका अस्पताल समितिका अध्यक्ष खत्रीले जानकारी दिए ।
त्यसैगरी निुशल्करुपमा पाईने ७० प्रकारका औषधि वाहेक अन्य औषधिको हकमा न्युनतम १० प्रतिशत छुटमा सर्वसाधरणलाई अस्पताल परिषर भित्रैबाट औषधिसमेत उपलब्ध गराईने सुपरिटेण्डेड बरालले जानकारी दिए ।