बालगायक सचिन परियारको निधन: एक प्रेरणादायक जीवनको अवसान

काठमाडौँ ।  बालगायक सचिन परियारको दुखद निधन भएको छ। १३ वर्षका सचिनको जीवन एक संघर्षपूर्ण यात्रा थियो । जसको अन्तिम अध्याय त्रिवि शिक्षण अस्पतालमा बिहीबार बिहान १०:४५ बजे समाप्त भएको अस्पतालले जानकारी दिए ।

सचिन केही महिनादेखि स्वास्थ्य समस्यासँग जूझिरहेका थिए र आईसीयूमा उपचार भइरहेको थियो । उनको कम्मरमुनिको भागमा गम्भीर समस्या थियो । जसका कारण उनी आफ्नै बलमा उभिन सक्दैनथे । चिकित्सकहरूले उनलाई उपचारमा जोडी राखेका थिए, तर स्वास्थ्यको जटिलताले अन्ततः जीवनको अन्धकार पाटा छोड्न बाध्य बनायो ।

बालगायक सचिन एक समयमा नेपालको म्यूजिक र समाजिक सञ्जालमा निकै लोकप्रिय थिए । उनका गायकका प्रमुख गीतहरू जस्तै ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, र ‘के छ र हजुर’ निकै लोकप्रिया भए । सानो उमेरमै गीत गाएर र टेलिभिजन कार्यक्रमहरूमा प्रस्तुत भएर उनले धेरैलाई प्रेरित गरेका थिए । साथै, उनले अभिनेता राजेश हमालसँग म्युजिक भिडियोमा अभिनय गर्दै मनोरञ्जन क्षेत्रमा पनि स्थान बनाएका थिए ।

हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा पनि उनको अभिनयले दर्शकहरूको माया जितेको थियो। सचिनको निधनले नेपाली संगीत र सृजनशीलता क्षेत्रमा ठूलो शोकको लहर फैलाएको छ । उनको संघर्ष, उमङ्ग र संगीतले धेरैलाई प्रेरित गरेको छ । उनी सानो उमेरमा निकै ठूलो उपलब्धि हासिल गर्न सफल थिए, र उनका गीत सधैं सम्झनामा रहनेछन् ।

भिडियोः

Facebook Comments