उदयपुर ५४ केजी गाँजासहित एक जना पक्राउ

उदयपुर । उदयपुरमा ५४ केजी गाँजासहित एक जना व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा शुक्रवार उदयपुरगढी गाउँपालिका–१, धेप्छेबाट सो व्यक्तिलाई पक्राउ गरेको हो।

पक्राउ पर्ने व्यक्तिमा जिल्लाको ताप्ली गाउँपालिका–१ निवासी ३६ वर्षीय चित्र बहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। उनलाई गाँजा बोकेर हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार पक्राउ परेका मगरलाई सम्मानित उदयपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Facebook Comments