त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिका- १० गाईघाट दिक्तेल सडक खण्डस्थित बोक्सेमा हायसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका वडा नम्बर ११ चप्पन बस्ने बर्ष ५५ को परणशेर रहेको प्रहरीले जनाएको छ।
शनिबार बिहान करमगाछीबाट गाईघाट हुदै काठमाडौंतर्फ जाने क्रममा बा. प्र. ०-१००६ ख ५८७१ नम्बरको हायसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएको उनलाई तत्काल जिल्ला अस्पताल उदयपुर लगिएको थियोे ।
अस्पताल लगिएको उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले ठक्कर दिने हायस गाडी र चालक थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।
Facebook Comments