उदयपुर । नेपाल नेत्र ज्योती संघ उदयपुरले स्थानीय निकायसँग कुनैपनि किसिमको आर्थिक सहायता र अनुदान रकम नलिने घोषणा गरेको छ । बिहिबार भएको एक पत्रकार सम्मेलन मार्फत सो रकम नलिने संघका सभापति भागवत राउतले घोषणा गरेका हुन् ।
उनले आँखा अस्पताललाई आत्मनिर्भर बनाउनको लागि आर्थिक सहायता र अनुदान नलिने घोषणा गरिएको बताए । तर, स्थानीय सरकारलाई नेत्र ज्योती संघले दिने सेवामा जोडिनको लागि अनुरोध गर्ने सभापति भागवत राउतको भनाई छ ।
उक्त संघ सरगमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोगमा २०६० सालमा स्थापना भएको हो । स्थापना भएदेखि हालसम्म २ लाख ९ हजार ८ सय २५ जनाले सेवा लिएका छन् । जसमध्ये महिलाको संख्या १ लाख १४ हजार ४६ जना रहेको छभने पुरुषको संख्या ९५ हजार ७ सय ६९ रहेको छ ।
भिडियोः
Facebook Comments