कटारी । उदयपुरको कटारी नगरपालिकामा वडाध्यक्षहरुले नै तालाबन्दी गरेका छन् । मेयर राजेशचन्द्र श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले मनोमानी गरेको भन्दै वडाध्यक्षहरुले नगरपालिकामा सोमबारदेखि तालाबन्दी गरेका हुन् ।
उनीहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमासमेत तालाबन्दी गरेका छन् । कार्यपालिकामा निर्णय नभएको काममा मनोमानी गरेको, योजना सम्झौता नगरेको, भुक्तानीमा सर्वसाधरणलाई दुःख दिने गरेकोले तालाबन्दी गरेको २ नं. वडाध्याक्ष प्रेमबहादुर थापाले बताए ।
प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टाराई आए पछि नगरमा बेथिति बढेको आरोपसमेत उनीहरुको भनाई छ ।
Facebook Comments