उदयपुर सिमेन्ट उद्योग सन्चालनमा माओवादी केन्द्रको चासो (निर्णय सहित)

उदयपुर । उदयपुर सिमेन्ट उद्योग सन्चालन प्रति माओवादी केन्द्र त्रियुगा नगरकमिटीले चासो देखाएको छ । एसियाको गुणस्तरीय सिमेन्टको पहिचान बनाएको उदयपुर सिमेन्ट उद्योग आफ्नो नगर क्षेत्रभित्र रहेको भन्दै पार्टीले चासो देखाएको हो ।

पार्टीले उद्योग सन्चालनका लागि आवश्वकीय सहकार्य र समन्वयको लागि अगाडी बढ्न पार्टीले निर्णय गरेको नगरकमिटी अध्यक्ष मानबहादुर राईले बताए । अध्यक्ष राईका अनुसार राष्ट्रिय गौरबको उद्योग आफ्नो कार्यक्षेत्रभित्र रहेकोले उद्योग सन्चालन सहजताको लागि पार्टीले सहकार्यको लागि चासो देखाएको हो ।

निर्णयको प्रस्ताव नम्बर ८ मा उदयपुर सिमेन्ट उद्योग लिमिटेड यस त्रियुगा नगरपालिका क्षेत्रभित्र रहेको साथै यस उद्योग उदयपुर जिल्ला र राष्ट्रिय गौरबको उद्योग भएपनि हाल उद्योग दिनप्रतिदिन जीर्ण हुदैगई बन्द हुने अवस्थामा रहेको निर्णयमा उल्लेख छ । निर्णयमा यस उद्योगलाई व्यवस्थित ढङ्गले सन्चालन र व्यवस्थापन गर्न अतिआवश्यक देखिएको हुदा सम्बन्धित सरोकारवालहरुसँग समन्वय सहकार्य गर्ने उल्लेख छ ।

उद्योगको बिकास, व्यवस्थापनमा नगरपार्टीको तर्फबाट अग्रणी भूमिका खेल्दै अगाडी बढ्ने साथै संघिय, प्रदेश र स्थानीय सरकारलाई समेत ध्यानाकर्षण गराउने समेत निर्णय उल्लेख छ । सो निर्णय सोमबार बसेको नगरकमिटीको बैठकले निर्णय गरेको सूचना तथा सन्चार बिभाग प्रमुख गजेन्द्र राईले बताए । प्रमुख राईका अनुसार पार्टीको निर्णयले उद्योग सन्चालनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।

Facebook Comments