भैसेट्याम्केमा विद्यार्थीलाई कपडा वितरण, स्थानीय सरकार छन् भन्ने अनुभूति गराए

त्रियुगा । भौगोलिक हिसावले विकट मानिएको उदयपुरको त्रियुगा नगरपालिका १४ साउने स्थित भैसेट्याम्केको एक बिद्यालयमा कपडा वितरण गरिएको छ । कपडा वितरण स्थानीय शिवशक्ति आधारभूत विद्यालय भिमसेनटोलका विद्यार्थीहरुलाई वितरण गरिएको हो ।

कपडा वितरण वडा कार्यालय साउनेको आर्थिक सहयोगमा गरिएको थियो । कपडा वितरण गर्दै वडाअध्यक्ष हेमराज मगरले सबै विद्यार्थीलाई एक रुपता देखियोस् भन्ने उद्देश्यले वितरण गरिएको बताए ।

वडाअध्यक्ष मगरका अनुसार कपडा वितरण कार्यक्रमले शिक्षामा एउटा ठूलो टेवा पु¥याउने अपेक्षाका साथ वितरण गरिएको हो । विद्यालय जङ्गल विचमा रहेको कारण असुरक्षित भएकोले तारबारको लागि वडा कार्यालयले सहयोग गर्ने समेत वडाअध्यक्ष मगरले प्रतिबद्धता जनाए ।

त्यसैगरि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक विश्वकर्माले गरिव जनताको बालबच्चा पढ्ने भएकोले वडा सरकारदेखि अन्य सरकारको ध्यान विद्यालय संरक्षणमा जानुपर्ने बताए । धेरैको बालबच्चा नजिकको सहरमा लगेर पढाउने गरेपनि आफुहरु गाउँको विद्यालयलाई नमुना विद्यालय बनाउन लागि परेको समेत विव्यस अध्यक्ष विश्वकर्माले बताए । त्यसमा सबैले सहयोग हुनुपर्नेमा उनको जोड छ ।

यसैगरि अभिभावकहरुले कपडा वितरणको विषयलाई लिएर खुशी व्यक्त गरेका छन् । टिफिनको रुपमा खाजा खुवाउदै आएको सम्झदै पुनः कपडा वितरणले वडा सरकार छन् भन्ने अनुभूति गराएको समेत उनिहरुले बताए ।

कक्षा ५ सम्म रहेको विद्यालयका ४१ विद्यार्थीहरुलाई कपडा वितरण गरिएको थियो । कपडा विद्यालय पोषकको रुपमा रहेको आकाशे कलरको सर्ट, महिलाको लागि निलो फ्रक छभने पुरुषको लागि निलो पेन्ट रहेको छ ।

कपडा खरिदको लागि वडा कार्यालयले रु ३१ हजार रुपैया सयोग थियोभने कपडा सिलाईको लागि विद्यालयको तर्फबाट १७ हजार पाँच सय रुपैया खर्च भएको थियो । कपडा वितरण कार्यक्रममा वडासचिब रितकुमार राउत, प्रधानध्यापक सुरेस कुमार दनुवार, पत्रकार गजेन्द्र राई लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments