नयाँ प्रमुख प्रशासकीय अधिकृतबाट मात्र खाता सञ्चालन गर्ने पत्र (पत्र सहित)

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकालाई नयाँ प्रमुख प्रशासकीय अधिकृतबाट मात्र खाता सञ्चालन गर्नु भन्दै मन्त्रालयले पत्र लेखेको छ । पत्र सङ्घीय मामिला तथा सामान्य म्रशासन मन्त्रालयले लेखेको हो । चलानी नम्बर १४२६ भएको पत्र चैत्र ९ गते लेखिएको मन्त्रालयको पत्रमा उल्लेख छ ।

मन्त्रालयले लेखेको पत्रमा ‘मन्त्रालयबाट खटाईएका नयाँ प्रमुख प्रशासकीय अधिकृतबाट मात्र सम्बन्धित नगरपालिकाको खाता सञ्चालनको व्यवस्था मिलाउनु हुन’ भन्ने उल्लेख गरिएको छ । पत्रको बोधार्थ कोष तथा लेखा नियन्त्रक कार्यालय उदयपुरलाई समेत गरिएको छ । त्रियुगा नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतको बिषयलाई लिएर विवाद हुदै आएको छ ।

त्रियुगाका मेयर बसन्त बस्नेतले मन्त्रालयबाट खटिआएका नयाँ प्रमुख प्रशासकीय अधिकृत संजय बहादुर राजलवटलाई हाजिर नगराउने पत्र लेखेपछि जवाफ स्वरुप मन्त्रालयले यस्तो पत्र लेखेको हो । मन्त्रालयको पत्रमा मन्त्रालयको मिति २०७९÷१०÷२७ को निर्णयबाट तहाँ नगरपालिकामा कामकाजमा खटाईएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन नसकिने व्यहोराको च.नं. २०१४, मिति २०७९÷११÷२६ को पत्र प्राप्त भएको सम्बन्धमा यो पत्र लेखिदैछ भन्ने उल्लेख छ ।

मन्त्रालयका शाखा अधिकृत विकाश शर्मा रिजालको हस्ताक्षर रहेको पत्रमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४(४) बमोजिम यस मन्त्रालयबाट कामकाजमा खटाईएका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बन्धित तहाँ नगरपालिकामा प्रचलित कानून बमोजिम हाजिर गराई कामकाजमा लगाउनु पर्ने पत्रमा उल्लेख छ । खटाईएका प्रमुख प्रशासकीय अधिकृतलाई पत्रको मितिले ७ (सात) दिन भित्र हाजिर गराई सोको जानकारी यस मन्त्रालयमा दिनुपर्ने समेत पत्रमा उल्लेख छ ।

मन्त्रालयको पत्रमा तहाँ कार्यालयबाट अन्यत्र खटाईएका कर्मचारीहरुलाई समेत सोही अवधिभित्र खटाईएको निकायमा रमाना दिई पठाउनु पत्रमा उल्लेख छ । पत्र नेपाल सरकार (माननीय मन्त्रीस्तर)को मिति २०७९÷१२÷०९ को निर्णयानुसार लेखिएको हो । नगरपालिकामा उपसचिबको दरबन्दी भएपनि शाखा अधिकृत मानबहादुर बनले प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आएका थिए ।

हाल अधिकृत बन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बिराटनगरमा सरुवा भएका छन् । सरुवा भएपनि अधिकृत बनले कानुन विपरित बिभिन्न योजनाको काम र कर्मचारी सरुवाको काम गर्दै आएको वडा नम्बर १६ का वडाअध्यक्ष मानबहादुर राईले बताए ।

अध्यक्ष राईका अनुसार अधिकृत बनले कार्यालयबाट नभई अज्ञात स्थलबाट काम गर्दै आएका थिए । अधिकृत बन हालसम्म पनि आफ्नो दरबन्दी नपुगेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बिराटनगरले जानकारी दिएको छ ।

भिडियोः

Facebook Comments