पत्रकार राई माओवादी केन्द्र प्रवेश

बेलका । उदयपुरका एक पत्रकार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा चौदण्डीगढी नगरपालिका स्थित बेल्टार निवासी पत्रकार राजेन्द्र दुष्ट रहेका हुन् ।

उनि मंगलबार माओवादी केन्द्र प्रवेश गरेको उदयपुर जिल्ला ईन्चार्ज मणि खम्बुले बताए । ईन्चार्ज खम्बुका अनुसार पार्टी प्रवेश गरेसंगै उनले पार्टी निकट प्रेस सेन्टर नेपालमा जिम्मेवारी तोकिने छ ।

पत्रकार राई बेलका नगरपालिकामा भएको एक कार्यक्रमकाबीच पार्टी प्रवेश गरेका थिए । उनलाई पार्टीका केन्द्रीय सदस्य तथा उदयपुर जिल्ला ईन्चार्ज मणि खम्बु, बैकल्पिक केन्द्रीय सदस्य केपी बराल लगायत प्रदेश सदस्यहरुले प्रवेश गराउदै स्वागत गरेका थिए ।

त्यसैगरी प्रेस सेन्टरका केन्द्रीय सदस्य महेश्वर चामलिङ, भोटराज राई, प्रदेश सचिव गजेन्द्र राई, जिल्ला अध्यक्ष सुपराज किरातीले समेत स्वागत गरेका थिए । पत्रकार राई फोनिज प्रदेश नम्बर १ का बरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा छन् ।

Facebook Comments