निर्वाचनमा गठबन्धन खिचडी जस्तै हुन्छः हृदयेश त्रिपाठी

गाईघाट । जनता प्रगतिशील पार्टीका केन्द्रीय अध्यक्ष तथा पुर्बमन्त्री हृदयेश त्रीपाठीले स्थानीय चुनाबलाई संवैधानिक कर्तब्यको रुपमा स्विकार गरेको बताएका छन् । उनले स्थानीय चुनावलाई आवधिक चुनावको रुपमा लिदै संविधानलाई बचाउन भाग लिएको बताए ।

उनी चुनावमा हुने गठबन्धनको बिपक्षमा देखिएका छन् । गाइघाटमा आज पत्रकार सम्मेलनमा बोल्दै त्रीपाठीले गठबन्धन खिचडी सरह हुने दाबी गरे । उनले आफ्नो पार्टीले कोहिसँग पनि चुनावी तालमेल नगरेको बताए ।

उनले थपे – कसैले गठबन्धन गर्छ भने त्यसमा हाम्रो कुनै आपत्ति छैन । पत्रकारले सोधेको प्रश्नको जबाफ दिने क्रममा उनले पार्टीले चुनाबमा आशातित परिणाम नल्याए पनि चुनाबमा जाने बताएका थिए ।

उनले खेलमा सहभागी भैसके पछि हारजित स्वीकार गर्नुपर्ने भन्दै चुनाबमा जित मात्रै नहुने धारणा राखेका थिए । मधेस राजनीतिमा राम्रो पकड भएका त्रीपाठी अघिल्लो चुनाबमा सुर्य चुनाब चिन्हबाट बिजयी भएका थिए ।

पछिल्लो समय एमाले अध्यक्ष के.पी. ओलिको कार्यशैलीसंग असहमत हुँदै उनले जनता प्रगतिशील पार्टी गठन गरि पार्टीको सङ्गठन बलियो बनाउने भन्दै देश दौडाहा गरिरहेका छन् । उनको पार्टीले बेरोजगारी समस्याको अन्त्य, भस्ट्राचारमुक्त सरकार र प्रशासन, स्वस्थ्य लेखा परिक्षणलाई प्रमुख एजेन्डा बनाउदै चुनावमा आएको जनाएको छ ।

Facebook Comments