उदयपुरमा माओवादी गठबन्धन कायम राख्न तयार

उदयपुर । नेकपा (माओबादी केन्द्र) उदयपुरले आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ ५ दलबीच गठबन्धन गर्ने निर्णय गरेको छ । शनिवार सम्पन्न पार्टीको जिल्ला समन्वय समितिको बैठकले सो निर्णय गरेको हो ।

वैठकले आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन कायम राखेर अगाडी बढ्ने निर्णय गरेको समन्वय समिति उदयपुरका सचिव किरण राईले बताए । सचिव राईका अनुसार गठबन्धन कायम राख्न अधिकतम लचिलो भएर जाने बैठकले निर्णय गरेको छ ।

माओवादीले जिल्लामा रहेको सबै नगरपालिका र गाउँपालिकामा हुने मुख्य पदहरुमा दावी गर्दै आएको छ । यसरी दावी गर्दै आएको पदहरुमा अन्य दलहरुले पनि दावी गर्दै आएकोले कार्यनयनमा कम सम्भावना देखिने गरेको छ ।

Facebook Comments