प्राकृति प्रकोपबाट बच्नका लागी पश्चिम नेपालको अवलोलन

बविता परियार
उदयपुर, १२ बैशाख । प्राकृतिक प्रकोपबाट हुने क्षती युनिकरणमा लागी सरोकारवालाको एक समुहले नेपालको पश्चिमी क्षेत्रको अभ्यासलाई स्थानिकरण गर्नका लागी अध्ययन अबलोकन भ्रमण गरेका छन । प्राकृतिक प्रकोपबाट बर्षेनी हुने मानविय तथा भौतिक क्षतिबाट बच्न पश्चिमी अभ्यास सिकाईका लागी सो समुहले अध्ययन अवलोकन भ्रमण गरेको बताईएको छ ।
1
सामुदायिक समुत्थानका लागी दिगो विकास कार्यक्रय (सबल) को आयोजनामा खोटाङ, ओखलढुङगा, उदयपुर, सिन्धुली, रामेछाप, मकवानपुर, नुवाकोट, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा र रसुवा गरी ११ वटा जिल्लाका सरोकारवालाको समुहले विशेषत ५ नम्बर प्रदेशको बाके, बर्दिया, र ७ नम्बर प्रदेशका कैलाली र कन्चनपुर जिल्लामा बाढिबाट प्रभावितलाई लक्षीत गर्दै अपनाईएका सुचना तथा पुर्व चेतावनी प्रणालीको बारेमा जानकारी लिएका छन । करिव १ सय ३० जनाको सहभागीतामा भएको अवलोकन भ्रमणका क्रममा नेपालको पहिलो स्तरको नदी कर्णालीमा आउने बाढीका कारण प्रभावितहरुलाई लक्षीत गर्दै कैलाली–चिसापानीको कर्णाली नदी किनारामा व्यवस्थित गरीएको स्र्टाफगज, रेनगज सम्बन्धी पुर्व सुचना प्रणालीको विषयमा सहभागीहरुले जानकारी लिएका छन । बाढिबाट हुने मानविय र भौतिक क्षतिलाई कम गर्नका लागी विषेश गरी वर्षायाममा दैनिक रुपमा पानीको वहाव मापन गर्ने, मौशमको पुर्वअनुमान गर्ने र नदिको तल्लो तटिय क्षेत्रमा निरन्तर मोवाईल फोन मार्फत सुचना प्रवाह गरीरहेको कर्मचारी पार्वती राईले जानकारी दिईन । यस्तै कर्णाली नदीबाट बढि प्रवाहित तल्लो तटिय क्षेत्र कैलालीको कर्मीडाडाका बासिन्दाहरुले गुरुङबाट सुचना प्राप्त गरीसकेपछि गाउँका साईरण बजाएर जानकारी गराउदै आएको बताईएको छ । पहिलो पटक सामान्य बाढी आउन सक्ने अनुमानपछि विस्तारै साईरण बजाएर स्थानियलाई सचेत गराउने, पुर्वाअनुमान गर्दै दास्रो पटक साईरण बजाउदा आबश्यक सामाग्रीहरु शुरक्षीत ठाँउमा राख्ने र निरन्तर तेस्रो पटक साईरण बन्दा सामुहिक रुपमा शुरक्षीत ठाउँमा गएर बस्दै आएको स्थानियले जानकारी दिएका छन । प्रकोप सम्बन्धि पुर्व सुचना प्रणाली अपनाएपछि २०६६ सालदेखी कर्मीडाडामा मानविय क्षेति नभएको स्थानिय कुम्मकला देवि बुढा मगरले जानकारी दिईन । आफुहरुलाई पहिले वर्षायाममा दिनमा भोक र रातमा निन्द्रा हराएर जाने गरेको बताउदै पुर्व सुचना प्रणाली प्रभावकारी भएपछि राहत मिलेका त्यहाँका स्थानिय बताउछन ।
2
यस्तै उनीहरुले विपद पछिको अन्य खोजीक न्युनिकरणका लागी बचत योजना पनि संचालन गरीरहेका छन । कर्मीडाडाका भरत बहादुर साउदका अनुसार आफुहरुले बाढी, जलवायु पविर्तनको पनि प्रत्यक्ष रुपमा असर भोगीरहेकोले नेपाल सरकार समक्ष पनि बारम्बार बस्ति स्थानन्तरणको लागी पहल गरीरहेको जानकारी दिए । बाढि प्रवाहितलाई लक्षीत गर्दै नेपाल सरकार र गैर सरहकारी संस्थाहरुले त्यस क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको बताईएको छ ।
यस्तै नेपालको सारदा व्यारेज, टकनपुर बाँधका कारण नेपालले भोगीरहनु परेको असरको पनि अबलोकन गरीएको छ । भ्रमणको क्रममा बाँके, बर्दिया, कैलाली र कंचनपुरमा पर्ने विभिन्न पर्यटकिय क्षेत्रको पनि अवलोकन गरीएको छ । ५ दिने भ्रमणको क्रममा बाढि प्रभावित क्षेत्रमा गरीएको अभ्यासलाई स्थानिकरण गर्दै आफ्नो जिल्ला र ठाउँको प्रभाव अनुसारको काम गर्ने सहभागीहरुले बताएका छन । केही जिल्ला बाढी र केही पहिरोबाट प्रभावित जिल्लाहरुका सहभागीहरुले अध्ययन अवलोकन भ्रमण फलदायी भएको बताएका छन । अवलोकन भ्रमणमा प्रभावित समुदायका प्रतिनिधि, जिल्लाका सवल कार्यक्रम संयोजक, सामुदायीक बन, पत्रकार महाँसंघ लगाएतका सरोकारवालाहरुको सहभागीता रहेको केन्द्रका विपद जोखिम न्युनिकरण तथा जलवायु परिवर्तन अनुकुल म्यानेजर तथा भ्रमणका संयोजक दिनेशराज जोशी बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *