मुलघरमा फर्कन एमालेको दुई दिने अल्टिमेटम

उदयपुर । नेकपा एमाले उदयपुरले आफ्ना नेता र कार्यकर्तालाई मुलघरमा फर्कन दुई दिनको समयसिमा तोकेको छ । दश बुँदे सहमति कार्यान्वयन सम्बन्धि अध्यक्ष इश्वरमणि राउतको अध्यक्षतामा बुधबार बसेको सचिवालय बैठकले दुई दिन भित्र मुलघर फर्किए पुरानै जिम्वेवारी प्रदान गर्ने र सो अवधिमा नफर्किएर जिम्वेवारी मुक्त गरी अघि बढ्ने निष्कर्ष निकाले हो ।

नवगठित पार्टी नेकपा एकिकृत समाजवादी पार्टी (नेकपा एस) रोजेका जनप्रतिनिधिलाई लक्षित गर्दै एमालेले पदिय आश र साम्प्रादायिक बतासकाकारण पार्टी चोईटिएको बताएको छ । बैठक पछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राउतले विभिन्न प्रलोभनमा परेका जनप्रतिनिधि, नेता र कार्यकर्तालाई इमादारितापूर्वक पुरानै घर फर्किन आग्रह गरे ।

उनले भने, ‘हिजो तपाईहरु एमालेको सुर्य चिन्हबाट निर्वाचित भएको हो, त्यसैले जनतासँग गरेको वाचा र प्रतिबद्धता पुरा गर्न पुरानै घर फर्किनुस । ‘अहिले पनि केहि विग्रिएको छैन्, अन्जानबस, प्र्रलोभन र धम्किमा पर्नु भएको उनले भने, छ, त्यो हामीले बुझेका छौ, ‘त्यसको प्रवाह नगरी आउनुस यो दुई दिन तपाईहरुका लागि गोल गर्ने सुनौलो अवसर हो, त्यसबाट नचुक्नुहोस ।

उनले दश बुँदे सहमति अक्षर–अक्षर कार्यान्यन गर्न पार्टी नेतृत्व तयार रहेको भन्दै कम्युनिष्ट आन्दोलनबाट नभाग्न आग्रह गरे । अध्यक्ष राउतले २०७५ जेठ २ को संरचनाअनुसार पार्टी जिल्ला कमिटी १ सय ३ जनाको र ३५ जनाको सचिवालय रहेकाले त्यसैलाई कायम गर्दै क्षेत्र, नगर, गाउँपालिका, वडा र जनवर्गिय संगठन, इन्र्चाज, सहइन्र्चाजहरु पर्नुस्थापित हुने बताए ।

पार्टी सचिब परमेश्वर घिमिरेले पार्टी २०७५ जेठ २ मा फर्किसकेकाले एकताबद्ध एमाले बनाउने गरी गाउँघरसम्म पुग्ने गरी अभियान सञ्चालन गरिने बताए । उनले भदौ २६ गते जिल्ला कमिटीको बैठक बसी अभियानका कार्यक्रम बनाउने र सबै कमिटीहरुलाई पुरानै अवश्थाबाट फकाई गतिविधि बढाउने गरी तयारी थालिएको बताए ।

उनले पार्टी छोडेर गएकाहरुलाई पनि एक पटक अवसर दिने गरी बैठकमा बोलाउने त्यतिगर्दा पनि नआए जिम्वेवारीबाट विदाई गरिने बताए । बैठकले असोज मसान्तभित्र पार्टी संगठित सदस्य नविकरण, नयाँ वितरणलगायतका काम सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै एमाले केन्द्रिय सदस्य तथा पुर्वराज्य मन्त्री मन्जु चौधरीले पार्टी विभाजन नभई चोईटिएको टिप्पणी गरिन । उनले सानो झुण्ड विभिन्न प्रलोभनमा परी निस्किएको बताईन् । प्रदेश कमिटी सदस्य तथा सांसद अम्बिका थापाले देशभरको माहोलले चोईटिएर जानेहरुलाई ठुलो धक्का दिएको बताईन् । उनले न्युन जनप्रतिनिधिले मात्र पार्टी त्याग गरेको बताईन् ।

अर्का प्रदेश कमिटी सदस्य अम्बरबहादुर रायमाझीले पार्टी छोडेकाहरु फर्केर आउनेमा आफु विश्वस्थ रहेको बताए । उनले छोडेर गएकाहरु र अन्य पार्टीका नेता कार्यकर्ताहरुसँग पनि नीयमित कुरा भईरहेकाले विशाल पार्टी बनाउने अभियानमा जुटेको बताए ।

त्यसैगरी एमाले युवा नेता तथा सचिवालय सदस्य भागवत राउतले पदिय आश र साम्प्रदायिक सोचबाट ग्रसितहरुका कारण उदयपुरमा पार्टी चोईटिन पुगेको बताए । उनले पार्टी छोड्नु पर्ने कुनै मुद्दा नभएपछि पदका भोकाहरुलाई पदिय आश्वसन, ठेक्कापट्टा, योजनाको प्रलोभन देखाइएको र जातविशेषलाई जोडेर चोइटाउने प्रयास भएको बताए ।

उदयपुरमा निर्वाचन आयोगले तोकेको समयसिमा भित्र एमालेबाट २८ जना जनप्रतिनिधिले सनाखत गरेका छन् । सनाखत गरेका सबै तत्कालिन नेकपा एमालेको सुर्य चिन्हबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

अध्यायदेशबाट विभाजन भएका नेकपा एमाले र जनता समाजबादी पार्टीका जनप्रतिनिधिलाई भदौ २२ गते मंगलबारसम्म आयोगले दल रोज्ने अधिकार दिएसँगै उनीहरले नेकपा एकिकृत समाजवादी पार्टी (नेकपा एस) रोजेका हुन् । जुन १३ दशमलव २ प्रतिशत हो ।

एमालेका उपाध्यक्ष विमल कार्कीका अनुसार स्थानीय तहमा एमालेका जनप्रतिनिधिको संख्या २ सय १० रहेका छन् । ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ स्थानीय तहमा ७५ वटा वडा रहेको उदयपुरमा एमालेबाट नगर प्रमुख संख्या ३, उपप्रमुख २, गाउँपालिका प्रमुख ३, उपप्रमुख ३, वडाध्यक्ष ३१ जनाले जितेका थिए ।

त्यसैगरी जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुखसहित सबै सेट नै एमालेबाट विजयी भएका थिए । पत्रकार सम्मेलनमा एमालेका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी, सचिवालय सदस्यहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments