कांग्रेस त्रियुगा समितिको लागि दुई प्यानल सार्वजनिक

त्रियुगा । आसन्न १४ औं महाधिवेशनको लागि नेपाली कांग्रेस त्रियुगा नगर समितिको लागि एउटा प्यानलले आफ्नो उम्मेदवार सार्वजनिक गरेका छन् । सार्वजनिक गर्नेमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा पक्षीयले प्यानल सार्वजनिक गरेका हुन् ।

जसमा नगर सभापतिको उम्मेदवारमा प्रकास कुमार खड्कालाई अघि सारिएको छ । त्यस्तै उप–सभापतिको उम्मेदवारमा निर बहादुर आले मगर र गणिताकुमारी चौधरीलाई सारिएको छ । प्यानलको सचिबको उम्मेदवारमा केशव प्रसाद पौडेल र भबिन्द्र राई सारिएको छ ।

त्यसैगरि सह–सचिबको उम्मेदवारमा अर्जुन कुमार राउत र कल्पना अधिकारीलाई अघि सारिएको छ । यो प्यानल जिल्लामा पुर्वसभापति तथा प्रदेश सांसद् हिमाल कार्की नजिक मानिन्छन् ।

त्यसैगरि सो प्यानलसँग प्रतिस्पर्धा गर्न पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पनि एउटा प्यानल निर्माण गरेका छन् । तर उक्त प्यानल सार्वजनिक हुन बाँकी छ । सार्वजनिक हुन बाँकी रहेको प्यानलमा सभापतिको उम्मेदवारमा सुमन कुमार चौधरीलाई अघि सारिएको छ ।

त्यस्तै उप–सभापतिको उम्मेदवारमा उमेश कुमार बुढाथोकी र सर्मिला थापा (सबु)लाई सारिएको छ । प्यानलको सचिबको उम्मेदवारमा रुद्र प्रसाद पोखरेल र धन बहादुर कटुवाल (डिवी)लाई सारिएको छ ।

त्यसैगरि सह–सचिबको उम्मेदवारमा नबिन राई र किरण कोदारे दनुवारलाई अघि सारिएको छ । यो प्यानल जिल्लामा सभापति बिदुर बस्नेत नजिक मानिन्छन् । अधिबेशन आउदो भदौ २७ गते हुने छ ।

Facebook Comments