कृशला मृत्यु शंकास्पद, अनुसन्धानमा प्रहरीको ढिलाई स्थानीयको आरोप

त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिका– ६, मोहनपुर बस्ने बर्ष १८ कि कृशला चौधरीको मृत्यु रहस्यमय बन्दै गएको छ । उनको स्थानीय रातमाटे खोलाको किनारमा वेवारिसे अवस्थामा शब फेला परेको थियो ।

साउन १३ गते हराएकी कृशला गत १९ गते मृत अवस्थामा फेला परेको मृतकको बाबु प्रेमकुमार चौधरीले बताए । बाबु चौधरीका अनुसार घाँस काट्न जाने स्थानीयहरुले अर्धनग्न अवस्था फेला पारेका थिए ।

अहिले मृतक चौधरीको शब वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमपछि आफन्तले बुझेर सदगद गरिसेका छन् । तर, शंकास्पद अवस्थामा शब भेटिएकोले प्रहरी अनुसन्धानमा ढिलाई भएको स्थानीयहरुको गुनासो छ ।

उनीहरुले चौधरीको बलत्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेका छन् । यता चौधरीको हत्या भएको हो होईन भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताए ।

डिएसपी गौतमका अनुसार अनुसन्धानका लागि तीन जना युवााहरुलाई नियन्त्रणमा राखिएको छ । मृतक कृशला जनता माध्यमिक बिद्यालय चुहाडेबाट गत एसईईको परीक्षामा उत्तीर्ण भएकी थिईन् ।

Facebook Comments