उदयपुरमा औषधी व्यवसायीहरुद्धारा फलफुल बितरण

उदयपुर । औषधी व्यवसायीहरुको छाता संगठन नेपाल औषधी व्यवसायी संघ उदयपुरल आफ्नो स्थापना दिवसको अवसरमा फलफुल वितरण गरेको छ । संघले आफ्नो ३८ औ स्थापना दिवसको अवसरमा बिहिवार फलफुल वितरण गरेको हो ।

उनिहरुले उदयपुर जिल्ला अस्पताल र कोरोना संक्रमितहरु राखेर उपचार गर्दै आएको नेपाल नेत्र ज्योति संघ उदयपुरमा रहेको बिरामीहरुलाई फलफुल बितरण गरिएको संघका अध्यक्ष उद्धब दाहालले बताए । अध्यक्ष दाहालका अनुसार अस्पतालमा रहेको ३५ जना बिरामीहरुलाई फलफुल बितरण गरिएको थियो ।

फलफुल बितरण कार्यक्रममा उदयपुर जिल्ला अस्पतालका निमित्त मेसु जिभनारायण मण्डल, संघका अध्यक्ष उद्धब दाहाल, महासचिब बिरेन्द्र झा, सचिब सनम राई, कोषाध्यक्ष बिजय साह र सह–कोषाध्यक्ष सन्जिब बस्नेत लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments