




कोरोना संक्रमित संघीय सांसद सुरेश कुमार राई ‘हिमाल’द्धारा आफ्नोबारे जानकारी गराएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै सो जानकारी गराएका हुन् । सांसद राईले मंगलबार साँझ उक्त स्टाटस लेखेका थिए ।
हेरौं स्टाटसः
गत बैशाक ६ गते साझ आप्पाको मृत्यु भयो । ३ दिदिवहिनी ६ दाजुभाई जम्मा हुनलाई अस्पतालकै सवघरमा ४ दिन आप्पालाई राखियो ।
बैशाक ९ गते दिउसो आप्पाको स्थाई घर वेलका ४ गुरुङचौरी, उदयपुर पुराईयो । १० गते बिहान आप्पाको अन्तिम श्रद्धाञ्ली संगै दाहासंस्कार सम्पन्न गरियो ।
किराती काङमाङ राई वोनतावाहरुको सुझाव अनुसार मृतक आप्पाको स्मृतिमा ३ छाक जुठो वारियो । त्यसैगरी, १२ गते धर चोखाउने मलामी चोखाउने संगै कुलधामी मार्फत मृतक आप्पालाई किराती वंशौलीमा समावेश गर्ने काम भयो ।
आप्पाले भन्नु हुन्थ्यो त आफ्नो काम गर, ९० बर्ष बाच्नेछु । बैशाक ५ गते बेलुका ६ गते विहान आप्पासंग अलिक कुराकनी भएको थियो । नियमित चेकजाचको क्रममा अस्पतालबाट घर ल्याउन एम्बुलेन्समा खाख्नु खोज्दै गर्दा आप्पाले मुखबाट सास छोडिसक्नु भएछ ।
प्रदेश स्थरीय केही कामको चाप,निर्वाचन क्षेत्रको विकाश निर्माण अनुगम कामको चाप, प्रत्यक्ष अप्रत्यक्ष आप्पाको स्वास्थ्य प्रति मानशिक र शारिरिक चाप स्वभाविक थियोनै ।
आप्पाको मृत्युको पहिलो रात आप्पालाई कुन ठेगानाबाट बोलाउन एकछिन चर्चा परिचर्चा गरियो । किराती कामङमाङ संस्थाको मुर्धन्य ब्यक्तित्वहरुको उपस्थितिले सबैकुरामा सहज बन्यो ।
क्रमश घरपरिवारसंग, भाञ्जा-भञ्जीहरु, मामा-छुनाहरुसंग, छरछिमेकी, नातानाला, इष्टमित्रहरुसंग राजनीतिक-समाजीक अगुवाहरुसंग सरल र सहज संस्सकार संस्कृति बारे काफी भलाकुसरी गरियो ।
हामी बसेको समाजलाई बदलन र सस्कार-संस्कृतिको हिसावले उन्नत बनाउदै लाने बिषयमा गच्छे अनुसार छलफाल गरियो र मृतकको स्मृति र काजक्रिरिया खर्चलाई पारदर्शी र मित्यब्यायी बनाउदै लाने निश्कर्ष सहित आप्पाको काजक्रिया सम्पन्न गरियो ।
पिसिआर. टेष्टबाट कोरोना संक्रमण भएको पुष्टी भएसंगै जिवन संघर्षको नया अध्याय प्रारम्भ भएको छ । बिश्वब्यापी कोरोना माहामरी बिरुद्धको लडाईमा हामी सबै एक्बद्ध भई अघि बढौ ।