खुवालुङमा आन्तकि पर्यटकको घुइँचो

बेलका । उदयपुर, धनकुटा र भोजपुरको संगमस्थल सप्तकोशी नदीमा रहेको किरात धर्मावलम्बीहरुको आस्थासँग जोडिएको ‘खुवालुङ’ एकाएक चर्चामा आएसँगै अवलोकनका लागि आन्तरिक पर्यटकको घुइँचो हुन थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोशी नदीमा जलयातायात मार्ग सहज बनाउन नदीभित्र रहेको ठूलो ढुंगा फुटाउने अभिव्यक्तिपछि ‘खुवालुङ’ चर्चामा आएको हो । चर्चामा आएसँगै खुवालुङ अवलोकन गर्न आन्तरिक पर्यटकहरुको घुइँचो लाग्न थालेको हो ।

भिडियोः

Facebook Comments