उदयपुरमा ठूलो परिमाणमा अबैध लागुऔषध र बिधिन्न गहना सहित आठ जना पक्राउ (फोटो फिचर सहित)

उदयपुर । उदयपुरमा ठुलो परिमाणमा अबैध लागुऔषध गाँजा सहित कारोबारीमा संलग्न एक ब्यक्ति पक्राउ परेको छ । उनलाई बिशेष सुचनाको आधारमा आईतबार प्रहरीले पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा जिल्लाको ताप्ली गाउँपालिका ३ निगलबास घरभई हाल सिरहाको धनगढीमाई नगरपालिका १० जिरोमाईल बस्ने बर्ष ४१ को सन्तबहादुर मगर रहेका छन् । उनलाई कटारी नगरपालिका ८ सानोदमारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) भिमबहादुर दाहालले बताए ।

एसपी दाहालका अनुसार उनलाई सिद्दिचरण राजमार्ग अन्तरगत बेतिनिबाट स १ च ८०४ नम्बरको बोलेरोमा करिब एक सय २१ के.जी. अबैध लागुऔषध गाँजा ल्याउने क्रममा पक्राउ गरिएको थियो । त्यसैगरि जिल्लाको त्रियुगा नगरपालिका ६ जलजलेबाट अबैध लागुऔषध सहित ६ जना पक्राउ परेका छन् ।

मोवाईलमा समाचार हेर्न तल Like गर्न नभुलौः

उनिहरुलाई लहानबाट गाईघाट आउने क्रममा प्रहरीको बिशेष टोलीले आईतबार पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका १ बस्ने वर्ष ३२ को विदुर अधिकारी, त्रियुगा नगरपालिका १४ बस्ने वर्ष २६ को कुमार मगर र त्रियुगा नगरपालिका १३ बस्ने वर्ष २५ को सागर चौधरी रहेका छन् ।

यसैगरि सुनसरीको ईटहरी उपमहा नगरपालिका २ बस्ने वर्ष २५ को अभिषेक जैसवाल, उदयपुरको त्रियुगा नगरपालिका १२ बस्ने बर्ष १५ को राजाराम भगत र त्रियुगा नगरपालिका ११ बस्ने बर्ष २६ को असिम राई रहेका छन् । उनिहरुको साथबाट डाइजेपाम २१ एम्पुल, फेनार्गन २१ एम्पुल, लुपिजेसिउ २१ एम्पुल गरी जम्मा ६३ एम्पुल र २ वटा सिरिन्ज फेला बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैगरि उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघटबाट एक थान ल्यापटप र बिभिन्न गहाना सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ बस्ने बर्ष २६ को बालकुमार बुढाथोकी रहेका छन् ।

बुढाथोकीको साथबाट १ थान ल्यापटप, १ साथ ओपो कम्पनीको मोबाईल बरामद गरिएको छ । त्यसैगरि सुनजस्तो देखिने पहेलो धातुको १ थान बाला, सुनजस्तो देखिने पहेलो धातुको ३ थान औठी, चाँदीको ४ थान कली, चाँदीको २ थान पाउजु, चाँदीको ३ थान सिक्री, चाँदीको २ थान ब्रास्लेट, चाँदीको ३ थान औठी समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सबै सामान चोरी गरी लगी रहेको अबस्थामा प्रहरीले पक्राउ गरेका थिए । उनिहरुलाई जिल्ला प्रहरी कार्यालयले एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका थिए । उनिहरुलाई अहिले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

Facebook Comments