उदयपुरमा एक दिने समिक्षा तथा योजना बैठक सम्पन्न

उदयपुर । उदयपुरमा स्थानीय सरोकारवाहरुसँगको एक दिने समिक्षा तथा योजना बैठक सम्पन्न भएको हो । कार्यक्रम ओन हर्ट वल्ड वाईडको आयोजनामा आईतबार सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्लास्थित चार नगरपालिका र चार गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, पालिका स्तरीय स्वास्थ्य कार्याययका प्रमुख तथा प्रतिनिधि, बिषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पालिकाका प्रमुख तथा उपप्रमुखहरुले आ–आफ्नो पालिकामा रहेका स्वास्थ्य समस्या र त्यसको उपायहरुको खोजि गरेका थिए ।

त्यसैगरि स्वास्थ्यका प्रमुख तथा प्रतिनिधिहरुले आफु कार्यरत कार्यालयमा हुने समस्याबारे सरोकारवालाहरुसँग जिज्ञासा राखेका थिए । बिशेषगरि स्थानीयस्तरमा सञ्चालन हुदैआएको बर्थिङ सेन्टर र त्यसमा हुने मातृ तथा शिशु स्वास्थ्य सम्बन्धि बिषयमा छलफल गरिएको थियो । जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रमको सहजीकरण ओन हर्ट वल्ड वाईडका बरिष्ठ तालिम संयोजक भगवती श्रेष्ठ र जिल्ला संयोजक कल्पना श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियार, बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा, चौदण्ढीगडी नगरपाकिाका उपप्रमुख रिताकुमारी चौधरी र कटरी नगरपालिका उपप्रमुख भिमकुमारी राउतको उपस्थिति रहेको थियो । त्यसैगरि उदयपुरगढी गाउँपालिकाका उपप्रमुख सानुकुमारी राउत, लिम्चुङबुङ गाउँपालिकाका उपप्रमुख रमिला राई र ताप्ली गाउँपालिकाका उपप्रमुख कमला राईको समेत उपस्थिति रहेका थिए ।

Facebook Comments