




काठमाण्डौ । सांगीतिक आकाशमा चम्किलो तारा बन्ने सपना बोकेकी नव गायिका पारु राईले नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘उडि जाउँ की’ भन्ने बोलको गीत शुक्रबार सार्वजनिक गरेकी हुन् ।
सो गीतको शब्द संगीत गायक तथा संगीतकार पावल चाम्लिङको रहेको छ । गीत गायक तथा संगीतकार राईको अफिसियल युट्युव च्यानल ‘पावल चाम्लिङ राई’ बाट सार्वजनिक गरिएको छ ।
गीतमा प्रेमिकाले प्रेमिप्रति गरेको मिठो सम्झना र समर्पणको भाव समेटिएको छ । उक्त गीत ‘द स्काई रेकर्डिङ स्टुडियोमा’ रेकर्ड भएको हो । गायिका राईको यस अघि ‘भाग्य खोज्दा खोज्दै’ बोलको गीत सार्वजनिक भइसकेको छ ।
भिडियोः
Facebook Comments