मालपोतका ६ कर्मचारीसहित १५ जनामा कोरोना संक्रमण देखिएपछि स्थानीयबासी त्रसित

उदयपुर । मालपोत कार्यलय उदयपुरमा एकै पटक ठुलो संख्यामा कोरोना पोजेटिभ देखिएपछि सदरमुकाम गाईघाट वजार आसपासका क्षेत्रमा त्रास फैलिएको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयमा दुई पटक गरी सात जनामा कोरोना भेटिएपछि नियमित सेवा लिन पुगेका सर्वसाधरण त्रासमा रहेका हुन् ।

धेरैजसोले टेलिफोन र मेसेजमार्फत आफुपनि सेवा लिन गएकोले परीक्षण गराई दिन आग्रह गरको स्वास्थ्य कार्यालय प्रमुख सुबेदीले बताए । लकडाउन खुकुलो भएसँगै सामान्य बन्दै गएको जनजीवनमा कोरोना प्रतिको लापर्वाहि बढ्दो रहेको अवस्थामा यो घटनाले उच्च सतर्कता अपनाउन आवश्यक देखिएको स्थानीयको भनाई छ ।

स्थानीयले मिश्रित खालको स्थानीय प्रशासनलाई सुझाब दिएका छन् । धेरैजसोले सदरमुकाम र बेलका नगरपालिका क्षेत्र पुर्ण लकडाउन गरी परीक्षणको दायरालाई फराकिलो बनाउनु पर्ने सुझाब दिएका छन् ।

कतिपयले सामाजिक दुरी कायम राख्दै, मास्क, सेनिटाईजर प्रयोग गरी कम भिडभाड हुने गरी वजार पसल खोल्नु पर्ने बताएकाछन् । कर्मचारीले भने कार्यालयको सेवा पूर्ण ठप्प पार्नु पर्ने बताएका छन् ।

Facebook Comments