उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाद्धारा सदरमुकाम गाईघाट बजार आसपास अलपत्र परेको आफ्नो पालिकाबासी जनताहरुलाई राहत सामाग्री बितरण गरिएको छ । बिशेषगरि दैनिक ज्यालादारी गर्ने मुज्दुर, उपचारको क्रममा रहेको बिरामी, अस्थाई रुपमा बसोबास गर्ने विपन्न घरपरिवार र अध्यायनको सिलसिलामा रहेका विद्यार्थीहरुलाई बितरण गरिएको हो ।
गाउँपालिकाले कोरोना भाईरसको कारण लागेको लकडाउनबाट प्रभाबित आफ्नो गाउँपालिकाबासीहरुलाई राहत बितरण गरिएको गाउँपालिका अध्यक्ष मेजर कुमार राईले बताए । अध्यक्ष राईका अनुसार लकडाउनको काराण सदरमुकाममा रोकिएर अलपत्र परेका लिम्चुङबुङको जनताहरुलाई राहात बितरण गरिएको हो ।
जसमा ३ जनासम्म भएको परिवारलाई २५ केजी चामल, ५ केजी दाल, १ केजी नुन र १ पोका तेल बितरण गरिएको थियो भने ३ जना भन्दाबढी भएको परिवारलाई ३० केजी चामल, ५ केजी दाल, २ केजी नुन र २ पोका तेल बितरण गरिएको राहत बितरण समितिका सदस्य राजकुमार राईले बताए । सदस्य राईका अनुसार १ सय ७३ जनालाई बितरण गरिएको थियो । राहत सदरमुकाम गाईघाट आसपासमा रहेको बिभिन्न चोकचोकमा पुगेर बितरण गरिएको थियो ।