नब उदय सामुदायिक बनद्धारा ३ सय ४० उपभोक्तालाई राहत बितरण (फोटो फिचर सहित)

उदयपुर । उदयपुरको एक सामुदायिक बन उपभोक्ता समुहद्धारा लकडाउनबाट प्रभाबित आफ्नो उपभोक्ताहरुलाई राहत सामाग्री बितरण गरेको छ । बितरण गर्नेमा जिल्लाको त्रियुगा नगरपालिका– १० बोक्से स्थित नब उदय सामुदायिक बन उपभोक्ता समुह रहेको छ ।

समितिले कोरोना भाईरसको कारण लागेको लकडाउनबाट प्रभाबित आफ्नो अत्तिबिपन्न घरधुरीका उपभोक्ताहरुलाई राहत बितरण गरिएको समुहका अध्यक्ष जीवन पाण्डेले बताए । अध्यक्ष पाण्डेका अनुसार ०७६÷७७ को बार्षिक कार्यक्रम अन्तरगत गरिबी निवारण कार्यक्रम अन्तरगत उपभोक्तालाई राहत सामाग्री बितरण गरिएको हो ।

जसमा प्याकेज स्वरुप ३० केजी चामल, १ केजी दाल, १ पोका नुन र १ पोका तेल बितरण गरिएको थियो । अतिबिपन्न ३ सय ४० घरधुरीका उपभोक्ताहरुलाई राहात सामाग्री बितरण गरिएको सचिब सानुकुमारी राईले बताए । सचिब राईका अनुसार बन उपभोक्ता समुहमा ५ सय ५ घरधुरी आबद्ध रहेका छन् ।

राहत सामाग्री बितरण कार्यक्रमा त्रियुगा नगरपालिका प्रमुख बलदेब चौधरी, उपप्रमुख देवी कुमारी चौधरी, डिभिजन बन कार्यालय उदयपुरका सायक बन अधिकृत जागेशोर साह, नेकपा उदयपुर सचिब ईश्वरमणी राउत, त्रियुगा वडा नम्बर १० का वडाअध्यक्ष् प्रकाश खड्का, सामुदायिक बन उपभोक्ता महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेत, डिभिजन बन कार्यालय उदयपुरका पुन्य प्रसाद पौडेल लगायत अथितिहरुको उपस्थिति रहेको थियो ।

फोटो फिचरः

फोटोः– निशन घतानी

Facebook Comments