गाईघाट ट्रमा सेन्टरको कारण बिरामीको अवस्था अन्तिम चरणमा, आफन्त आक्रोशित

उदयपुर । खुस्किएको हात जोड्न लगाईएको स्टिल निकाल्दा हड्डी काटिदिएको घटना सेलाउन नपाउदै उदयपुरको गाईघाट हस्पिटल एण्ड ट्रमा सेन्टर पुनः बिवादमा तानिएको छ । मोटरसाईकल दर्घटनामा खुट्टा भाचिएको एक बिरामी मृत्युको अन्तिम चरणमा पुगेपछि पुनः अस्पताल बिवादमा तानिएको हो ।

अस्पतालको कारण त्रियुगा नगरपालिका ४ बगाहाका ७४ वर्षिय भुमिनन्द लुईटेल मृत्युको अन्तिम चरणमा पुगेका छन् । अहिले गाईघाट सिभिल अस्पतालको चरम लापरवाहीको कारण विरामीको अवस्था अन्तिम चरणमा पुगेको परिवारले जनाएका छन् । ठूलो धनरासी खर्चाएर पनि उपचारमा यस्तो लापरवाही गरेको भन्दै उनिहरु आक्रोशित बनेका छन् ।लुईटेललाई गत माघ २२ गते त्रियुगा नगरपालिका १३ बस्ने बर्ष २० को राजकिशोर चौधरीले मोटरसाईकल चलाउदा बगाहामा ठक्कर दिएको थियो । ठक्करबाट लुइटेलको दाहिने खुट्टा भाँचिएको छोरा देबेन्द्र लुईटेले बताए ।

छोरा देबेन्द्रका अनुसार तत्कालै उपचारको लागि त्यहाँ लगेर प्राथमिक उपचारपछि बाहिर लाने सल्लाहको क्रममा अस्पतालका सञ्चालक तथा डाक्टरले बाहिर नलैजान भन्दै सतप्रतिशत ठीक पारिदिने ग्यारेण्टी दिएका थिए । एक्कासी १४ आंैं दिनसम्ममा अस्पतालको लापरवाहीपूर्ण उपचारका कारण विरामीको अवस्था अतिनाजुक भईसकेको थियो । हातखुट्टा सबैतिर रगत जमिएर कालो भएको थियो । यतिबेला एउटा दुर्घटनाको पिडित र पिडक पक्ष दुबै अस्पतालबाट पिडित बन्न पुगेको भन्दै दुबै पक्षले अस्पताल र उपचारमा संलग्न डाक्टरलाई कारवाहीको माग गरेका छन् ।

अस्पतालको लापरवाहीले विरामीको अन्तिम अवस्था भएपछि एसइइ परिक्षा दिनुपर्ने चौधरी प्रहरी नियन्त्रणमा छन् भने लुइटेल परिवारले अभिभावक गुमाउने अवस्था आएको छ । आप्mनो परिवारमा यो दुर्दशा आएपनि अरु सर्बसाधारणले यो अविगत भोग्न नपरोस् भन्दै विरामीका छोरा देवेन्द्र लुइटेलले बताए । गाईघाट सिभिल हस्पिटलका सञ्चालकसमेत रहेका डा. सञ्जयकुमार साहले गाईघाटमा हस्पिटल र डाक्टरलाई बढि नै आरोप लाग्ने गरेको बताए । उपचारमा लापरवाही नभएको बताउदै उनले आरोप लगाउनेहरुलाई पुष्टि गर्न चुनौती दिएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *