उदयपुरको पर्यटन प्रबद्धनका लागी मेची–महाकाली यात्रा

राकेश नेपाली
उदयपुर । पर्यटन प्रबद्र्धन तथा शान्ति अभियानका लागी उदयपुरका एक युवा मेची महाकाली अभियानमा निस्किएका छन् । अभियानका लागी निस्केका त्रियुगा नगरपालिका ५, श्रीपुरका नारायणभक्त कार्कीलाई आज एक कार्यक्रमको आयोजना गरि बिदाई गरिएको छ ।

उदयपुरका धार्मिक तथा पर्यटकिय स्थलहरुको बारेमा जानकारी गराई उदयपुरको पर्यटन प्रबद्धनका लागी उनी १६ दिने अभियानमा निस्किएका हुन् । अपाङ्ग बिकास संघ उदयपुरको आयोजनामा भएको कार्यक्रममा उनलाई जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियार, प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले शुभकामना सहित खादा र अबिर लगाएर बिदाई गरेका थिए ।

त्यसैगरि जिल्ला प्रहरी प्रमुख (एसपी) बिरबहादुर बुढामगर, पर्यटन प्रर्बद्धन समिति प्रदेश नंम्बर १ का सदस्य बोधकुमार घिमिरे, जिल्ला समन्वय समिति उदयपुरका सदस्य बोधबहादुर मगर लगायतका अतिथिहरुले समेत शुभकामना सहित बिदाई गरेका थिए ।

जिल्लाको ऐतिहासिक पर्यटकिय स्थलहरुको प्रचारप्रसारका साथै सामाजिक सद्भाव, शान्ति र भातृत्व भावनाको बिकास गर्ने उद्धेश्यले मेची महाकाली यात्रा तय गरिएको अभियनता कार्कीले बताए । अभियानमा त्रियुगा नगरपालिका ५, उदयपुरका हेमबहादुर कार्की र धु्रबबहादुर कार्की समेत रहने आयोजकले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *