लिम्चुङबुङमा नयाँ प्रमूख प्रशासकीय अधिकृत

दिनेश राई
लिम्चुङबुङ । लिम्चुङबुङ गाउँपालिकामा नयाँ प्रमूख प्रशासकीय अधिकृत टारजन लिम्बुको आगमन भएको छ । प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईको गत महिना अध्यागमन विभागमा सरुवा भएपछि लिम्बु लिम्चुङबुङ आएका हुन ।

सिन्धुली जिल्लाको मरिण गाउँपालिकाबाट सरुवा भएर आएका लिम्बुलाई गाउँपालिका अध्यक्ष मेजर कुमार राईले बिशेष कार्यक्रम आयोजना गरी भव्य स्वागत गरेका छन् । स्वागत कार्यक्रममा बोल्दै राईले –‘निवर्तमान प्रमूख प्रशासकीय अधिकृत भक्तबहादुर राईको योगदानले पालिका यहासम्म आउन सफल भएको स्मरण गर्दै उक्त जिम्मेवारी तपाईको काँधमा आएको छ, त्यसैले समन्वय र सहकार्य गरेर सेवा प्रबाह गर्न नवनियुक्त लिम्बुलाई आग्रह गरेका छन् ।’

त्यसैगरी, नवनियुक्त लिम्बुले पदभार ग्रहण गर्दै विगतमा अघि सारिएका नीति तथा कार्यक्रमहरुलाई निरन्तरता दिदै अबका दिनमा जनतालक्षित सेवा प्रबाह गर्ने लक्ष्य रहेको बताए । उनी थप्छन्–‘यहाँ भौतिक पूर्वाधार निर्माणको काम बिशेष प्राथमिकतामा राख्नुपर्ने देखिन्छ त्यस्तै सडक, कृषी र खानेपानी जस्ता काम पनि उत्तिकै महत्वपूर्ण छन् ।’ त्यसैले, जनमुखी सेवा प्रबाह गर्ने मेरो लक्ष्यलाई सबैको उल्लेखनीय भूमीकाको खाँचो रहेकाले सहयोगको लागि सवैसँग अपिल गरेका छन् ।

कार्यक्रममा राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधि, पत्रकार र कर्मचारीहरुको बिशेष उपस्थिति रहेको थियो । उपस्थित सवैले नवनियुक्त लिम्बुलाई खादा र अबिर लगाएर कार्यालयमा सामुहिक स्वागत गरेका थिए ।

मोवाईलमा समाचार हेर्न तल Like गर्न नभुलौः


भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *