किरात राई सांस्कृतिक कलाकार संघकोे नयाँ नेतृत्वमाः रामकर राई

गजेन्द्र राई
उदयपुर । सम्पूर्ण किरात राईहरुको छाता संगठन ‘किरात राई सांस्कृतिक कलाकार संघ’को नेतृत्वमा रामकर राई चयन भएका छन् । उदयपुरको गाईघाटमा आईतबार सम्पन्न संघको पाचौं राष्ट्रिय सम्मेलनबाट राई चयन भएका हुन् ।

चौथों सम्मेलनबाट चयन भएको राजुएन राई नेतृत्वमा उपाध्यक्ष पद सम्हाल्दै आएको राईलाई संघको पाचौ राष्ट्रिय सम्मेलनले अध्यक्षमा चयन गरेका हुन् । सम्मेलनले राईको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको उपाध्यक्षमा शालिक शातासक, रोशन राई र शुशिला राई चयन भएका छन् । महा–सचिवमा राई नबिन चयन भएका छन् ।

त्यसैगरी संघको सचिवमा सुरज राई, पदम राई र पुर्ण छिरिङ राई चयन भएका छन् भने कोषाध्यक्षमा मुकेश राई चयन भएका छन् । यसैगरि सह–कोषाध्यक्षमा महेन्द्र राई र रोशन बान्तवा राई चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा कला राई, भद्र राई, डम्बर बहादुर राई, निश्चल राई, शुखकला राई, स्नेहा राई, चन्द्र राई, धनिराम राई र प्रेम कला राई चयन भएको निवर्तमान अध्यक्ष राजुएन राईले बताए । निवर्तमान अध्यक्ष राईका अनुसार पुष १९ देखि २१ गतेसम्म उदयपुरको गाईघाटमा भएको राष्ट्रिय सम्मेलनले सो नयाँ कार्यसमिति चयन गरेको हो ।

मोवाईलमा समाचार हेर्न तल Like गर्न नभुलौः

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *